site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झारखण्डको प्रणालीले नेपालमा वर्षा, काठमाडौंमा बिहानैदेखि पानी पर्न सुरु 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ । केही भूभागमा बिहानैदेखि वर्षा सुरु भएको छ ।

काठमाडौं उपत्यकामा बिहानैदेखि पानी पर्न सुरु भएको छ । “बिहानैबाट काठमाडौंमा वर्षा सुरु भएको छ । केही समय रोकिने र वर्षा हुने भइरहन्छ,” मौसमविद् विनु महर्जन बाह्रखरीसँग भन्छिन्, “काठमाडौंमा दिउँसो रोकिए पनि साँझ पुनः वर्षा हुन्छ ।” 

काठमाडौंमा हल्का वर्षा हुने उनको भनाइ छ । 

काठमाडौंसहित देशका अन्य भूभागमा पनि वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन् । वाग्मतीसँगै कोसी र गण्डकी र अन्य प्रदेशका पहाडी भूभागमा वर्षा हुनेछ । 

“वाग्मती, कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ,” मौसमविद् महर्जनले भनिन् । 

देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।  देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

स्थानीय र पश्चिमी वायुसँगै भारतको झारखण्डमा विकास भएको न्यूनचापीय प्रणालीको असरका कारण नेपालमा वर्षा भइरहेको उनले जानकारी दिइन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  ०६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro