देश

ढोरपाटन (बागलुङ) । बागलुङ नगरपालिका–४, ढोडेनीमा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । १७ वर्षीय शिव थापामगरको शुक्रबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।
बारीमा घाँस काट्ने क्रममा रुखको हाँगाले ३३ हजार केभी प्रसारण लाइनको नांगो तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका थापालाई उपचारका लागि धौलागिरि अस्पताल पुर्याइएको थियो । अस्पताल ल्याएको केही समयमै डाक्टरले मृत घोषणा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।
थापाको शवलाई शव परीक्षणका लागि अस्पतालमै राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ यादवले बताए । रासस
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२ २२:५४
प्रतिक्रिया दिनुहोस्