देश

घोराही (दाङ) । दाङमा शुक्रबार साँझ बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । एकजनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको हो । दशजनाभन्दा बढी यात्रु घाइते भएका छन् ।
कृष्णनगरबाट लमहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस राप्ति गाउँपालिका–५, लठह्वामा दुर्घटनामा परेको थियो । दुर्घटनामा राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादव र नाम ठेगाना नखुलेकी एक महिलाको मृत्यु भएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिए । घाइतेको सिसहनियाँ र लमहीमा उपचार भइरहेको छ ।
तीव्र गतिमा रहेको बस अनियन्त्रित भइ दुर्घटनामा परेको जनाइएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२ २१:१८
प्रतिक्रिया दिनुहोस्