site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘नुनको अभाव भएको खबर निराधार’
धनगढी । सुदूरपश्चिमाञ्चलमा नुनको अभाव भएको र मूल्यवृद्धि भएको भन्ने खबर निराधार रहेको साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ । 
कार्पोरेशनको धनगढीस्थित क्षेत्रीय कार्यालयका प्रमुख तथा सहायक महाप्रबन्धक केशवप्रशाद पाण्डेले सुदूरपश्चिममा रहेका कर्पोरेसनका डिपो र बिक्री केन्द्रमा सात महिनाको मागलाई धान्ने परिमाणको एक लाख क्वीन्टल नुन मौज्दात रहेको र मूल्य पनि वृद्धि नभएको राससलाई जानकारी दिए । 
सुदूरपश्चिममा वार्षिक १६ हजार मेट्रिक टन आयोडिनयुक्त नुन खपत हुनेगरेको छ । कार्यालय प्रमुख पाण्डेले कण्ठरोग नियन्त्रण कार्यक्रम अन्तर्गत बाजुराको कोल्टी, कवाडी र मौर्य, बझाङ्गको तल्कोट, चैनपुर र बागथला, दार्चुलाको गोकुलेश्वर, अछामको कमलबजारमा रहेका कार्यालयका डिपो र बिक्री केन्द्रमार्फत सर्वसाधारणलाई प्रति किलो रु ९ मा आयो नुन बिक्री वितरण भइरहेको बताए । 
यो कार्यक्रमका लागि २९ हजार १११ क्वीन्टल नुन सहुलियत मूल्यमा बिक्री वितरण गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ । 
यस क्षेत्रका अन्य जिल्लामा भने प्रतिकिलो १८ रुपैयाँमा आयो नुन बिक्री वितरण भइरहेको छ । रासस
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  १४:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro