site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन नेताबीच छलफल : गणतन्त्र पक्षधर एक ठाउँमा उभिनुपर्नेमा समान मत

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच शनिबार (वैशाख ६) छलफल भएको छ । विद्यमान राजनीतिक व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशितासहितको संविधानको रक्षाका निम्ति उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको नेता अग्नि खरेलले जानकारी दिए ।

शनिबार (वैशाख ६) बेलुका बालुवाटारस्थित प्रधानमन्त्री निवासमा तीन नेता छलफलमा जुटेका हुन् । “संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुुर्‍याउनोहरूप्रति सचेत हुँदै अघि बढ्न प्रमुुख राजनीतिक दलहरूसहित गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्नेमा समान मत देखिएको छ,” नेता खरेलले भने ।

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गरेका हुन् । बैठकमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका मानवअधिकार तथा संक्रमणकालीन न्यासम्बन्धी सल्लाहकार अग्नि खरेल पनि सहभागी थिए ।

संक्रमणकालीन न्यायसँग सम्बधित दुुई आयोगमा पदाधिकारी चयनका निम्ति गठित सिफारिस समितिले गरिरहेको कामबारे सामान्य जानकारी गराउने कार्य पनि भएको खरेलले बताए ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  १९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro