site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अन्तरिक्ष मिसनमा चीनको अर्को सफलता : ‘शेइयान–२७’ उपग्रह प्रक्षेपण

सान्सी (चीन) । चीनले शनिबार (अप्रिल १९) बिहान सान्सी प्रान्तको ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट ६ नयाँ परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ ।

‘शेइयान–२७’ नाम दिइएका ती उपग्रह बिहान ठिक ६ बजेर ५१ मिनेटमा प्रक्षेपण गरिएको थियो । ती उपग्रह आफ्ना निर्धारित कक्षमा पुग्न सफल भएका छन् ।

शेइयान–२७ सिरिजका उपग्रह मुख्य रूपमा अन्तरिक्ष वातावरणको अध्ययन तथा प्रविधि परीक्षणका निम्ति प्रयोग गरिनेछ । यी उपग्रहद्वारा पृथ्वी आसपास अन्तरिक्ष क्षेत्रमा हुने भौतिक तथा वातावरणीय परिवर्तनको निगरानी, डाटा संकलन र विश्लेषण गरिनेछ । त्यो कार्यले भविष्यमा गरिने अन्तरिक्ष मिसनको तयारी र नयाँ प्रविधिको परीक्षणमा महत्त्वपूर्ण सहयोग पुर्‍याउनेछ ।

साथै, यस्ता परीक्षण उपग्रहले चीनको स्वदेशी प्रविधि विकास र अन्तरिक्ष अनुसन्धान क्षमतामा थप प्रगति ल्याउने अपेक्षा गरिएको छ ।

चिनियाँ अधिकारीका अनुसार, यी उपग्रह मुख्यतया अन्तरिक्ष वातावरणको अध्ययन तथा सम्बन्धित प्रविधिको परीक्षणका निम्ति प्रयोग गरिनेछ । यसको उद्देश्य भावी अन्तरिक्ष योजनाका निम्ति आवश्यक ज्ञान र प्रविधि विकास गर्नु हो ।

प्रक्षेपणमा प्रयोग गरिएको लङ मार्च–६ नामक रकेट चीनको प्रख्यात रकेट शृंखला ‘लङ मार्च’अन्तर्गत पर्छ । शनिबारको प्रक्षेपण उक्त शृंखलाको ५७०औँ उडान हो ।

यो सफलताले चीनको अन्तरिक्ष विज्ञान तथा प्रविधि क्षेत्रमा प्रगति र क्षमताको पुष्टि गर्छ । रासस/सिन्ह्वा

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  १८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro