site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैंकक जाँदै परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा । फाइल तस्बिर ।

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आइतबार (वैशाख ७) थाइल्यान्डको बैंकक जाने भएकी छन् । यही अप्रिल २१ देखि २५ सम्म बैंककमा आयोजना गरिने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स इकोनोमिक एन्ड सोसियल कमिसन फर एसिया एन्ड द प्यासिफिक (यूएनस्केप)को ८१औँ सत्रमा सहभागी हुन उनी त्यसतर्फ जान लागेकी हुन् ।

नेपाल हाल यूएनस्केपको अध्यक्ष रहेकाले मन्त्री राणाले उक्त आयोगको ८१औँ सत्रको अध्यक्षता गर्ने कार्यतालिका छ । उक्त सत्रमा उनले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

त्यो सत्रको विषयवस्तु एसिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका निम्ति क्षेत्रीय सहयोग छ । त्यहाँ उनको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्यान्डस्थित नेपाली दूतावासका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । 

मन्त्री राणासहितको प्रतिनिधिमण्डल यही अप्रिल २५ मा स्वदेश फर्कने कार्यक्रम छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  १८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro