-1744985960.jpg)
काठमाडौं । नेपाल शिक्षक महासंघले बैठक बोलाएको छ । गएराति प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँगको छलफलपछि महासंघले बैठक बोलाएको हो ।
बैठक दिउँसो सवा ३ बजे रत्नराज्य माध्यमिक विद्यालय बानेश्वरमा बस्नेछ ।
समसामयिक विषयमा महासंघको छलफल हुने महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
बैठकमा राष्ट्रिय समितिसँगै महासंघमा रहेका संस्थाका अध्यक्ष र महासचिव, प्रदेश आन्दोलन परिचालन समितिका संयोजक, सहसंयोजक र सचिव तथा जिल्ला आन्दोलन परिचालन संयोजकहरूलाई बोलाइएको छ ।
महासंघका प्रतिनिधिसँग प्रधानमन्त्री ओलीले शिक्षकका माग सम्बोधनका विषयमा छलफल गर्न सकिने बताएका थिए । ओलीले सम्बोधन गर्नसक्ने मागबारे सल्लाह गरेर निर्णय लिने बताएका थिए । प्रधानमन्त्रीले सरकारले सम्बोधन गर्नसक्ने कुराबारे सल्लाह गरेर निर्णय लिने तथा ऐन जारी गर्न तदारुकता दिने बताएका थिए ।
दुई घण्टा चलेको छलफलमा महासंघको तर्फबाट चालु आन्दोलन, शिक्षक–कर्मचारीका माग र विद्यालय शिक्षा ऐन जारी गर्ने सम्बन्धमा आफ्नो धारणा राखेका थिए ।