site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तरुण दलमा सर्वसम्मत नेतृत्व चयनको प्रयास जारी
काठमाडौं । शनिबारबाट पोखरामा सुरु भएको कांग्रेस भ्रातृ संगठन तरुण दलको चौथो महाधिवेशनमा नेतृत्व चयन सर्वसम्मति गर्ने प्रयास भइरहेको छ । आइतबार दिउँसो १२ बजेबाट बन्दसत्र सुरु भए पनि नेतृत्व सर्वसम्मत गर्ने प्रयास भइरहेको तरुण दलकी नेतृ लक्ष्मी खतिवडाले जनाकारी दिइन् । 
अध्यक्षमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका जितजंग बस्नेतलाई अध्यक्षमा, सिद्वार्थ कोइराला र भूपेन्द्र जंग शाहीमध्ये एकजनालाई महासचिव बनाउने प्रयास भइरहेको देउवा निकटका एक तरुण दलका नेताले बताए । उनले उपाध्यक्ष कसलाई बनाउने भन्नेमा समेत सहमति खोज्ने प्रयास भइरहेको जनाए । 
पार्टी नेता रामचन्द्र पौडेल निकटका अर्का एक तरुण दल नेताले सिटौला निकटका उत्तम चापागाइँलाई उपाध्यक्ष बनाएर भएपनि सर्वसम्मत गर्ने प्रयास भइरहेको स्रोतले बतायो । सिटौला पक्षका एक नेताले भने आफूहरु कुनै पनि हालतमा निर्वाचनको पक्षमा रहेको बताएका छन् । 
यसअघि नेपाल विद्यार्थी संघ र नेपाल महिला संघको महाधिवेशनमा देउवा र सिटौला पक्षले संयुक्त प्यानल खडा गरेर चुनावमा गएपछि नेता पौडेल पक्ष पराजित भएको थियो । यसैले यसपटक पौडेल पक्ष सहमतिमै नेतृत्व चयनको पक्षमा देखिएको छ । देउवा र पौडेल पक्ष एक भएपछि यसपटक सिटौला पक्षले भने निर्वाचनमा जानुपर्ने बताउँदै आएको छ ।
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro