site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी चुनावमा अन्तरिक्षबाट पनि मतदान
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका एक अन्तरिक्ष यात्रीले अमेरिकी राष्ट्रपतिको चुनावमा अन्तरिक्षबाट पनि मत खसालेको समाचार संस्था एएफपीले जनाएको छ । नासाले सोमबार जनाएअनुसार हाल अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहेका अन्तरिक्ष यात्री शेन किम्ब्राले भोट खसालेका हुन् । 
उनी १९ अक्टोबरमा काजाकस्थानको बेकानुरबाट रुसी सोयुज रकेटबाट अन्तरिक्ष यात्रामा गएका थए । उनी ४ महिना अन्तरिक्षमै रहने बताइएको छ । टेक्सास कानुनमा १९९७ देखि अन्तरिक्ष यात्रीले पनि अमेरिकी राष्ट्रपतीय निर्वाचनमा मत खसाल्न पाउने प्रावधान छ । अमेरिकी अन्तरिक्ष यात्री डेभिड वल्फ अन्तरिक्षबाट मत खसाल्ने पहिलो व्यक्ति थिए । उनले रुसी अन्तरिक्ष स्टेसन मीरबाट मत खसालेका थिए ।
अमेरिकी राष्ट्रपति चुनावमा मत खसाल्ने पहिलो व्यक्ति भने लेराय चियाओ हुन । उनले २००४ मा राष्ट्रपतिको चुनावमा मतदान गरेका थिए । 
अन्तरिक्षबाट मत खसाल्नका लागि विद्युतीय ई–मेल सिस्टमको व्यवस्था गरिएको हुन्छ । यसका लागि सबैभन्दा पहिले मिसन कन्ट्रोल सिस्टमबाट स्पेस स्टेसनमा अन्तरिक्ष यात्रीको सुरक्षित एकाउन्टमा ई–मेल पठाइन्छ । अन्तरिक्ष यात्रीले यसैमा मत खसालेर ई–मेल फर्काउने गर्छन् । अन्तरिक्ष यात्रीले कुन पार्टीलाई भोट हालेको भन्ने खुलाइएको छैन ।
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro