site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सोयूज ‘एमएस–२६’ अन्तरिक्षयान सफलतापूर्वक पृथ्वीमा अवतरण

मस्को । रुसी अन्तरिक्ष संस्था रोसकोसमोसका अनुसार अन्तरिक्ष केन्द्रबाट 'सोयूज एमएस–२६' यान आइतबार बिहान सुरक्षित रूपमा पृथ्वीमा फर्किएको छ । अन्तरिक्ष यान सोयूज ‘एमएस–२६’ भनेको रुसी अन्तरिक्ष संस्था रोसकोसमोसद्वारा बनाइएको एक मानवसहितको अन्तरिक्षयान हो, जसले अन्तरिक्ष यात्रुहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा लैजाने र फर्काउने काम गर्छ ।

 ‘एमएस–२६’ भन्ने नामले यो सोयूज सिरिजको २६औँ उडान भएको जनाउँछ । यो यान सुरक्षित अवतरण, वैज्ञानिक अनुसन्धान र अन्तरिक्ष केन्द्रसँग जडान (डकिङ) गर्न सक्षम हुन्छ ।

यो यानले तीन अन्तरिक्षयात्री रुसी यात्री एलेक्सी ओभ्चिनिन, इभान वाग्नर र अमेरिकी यात्री डोनाल्ड पेटिटलाई बोकेको थियो । यान मस्को समयअनुसार बिहान ४ः२० बजे काजाखस्तानको जेजकाजगन नजिकै अवतरण भएको हो ।

फर्किनुअघि यानले अन्तरिक्ष केन्द्रको रुसी भागमा रहेको रस्भ्येत खण्डबाट सुरक्षित रूपमा अलग भएको थियो । अवतरणको सम्पूर्ण प्रक्रिया योजनाअनुसार सम्पन्न भएको जनाइएको छ ।

तीनै यात्रीहरूले सन् २०२४ को सेप्टेम्बर महिनामा अन्तरिक्ष केन्द्रमा पुगेदेखि ४३ वटा वैज्ञानिक प्रयोग, एकपटक बाहिरी अन्तरिक्ष यात्रा र तीनवटा अन्य यानसँग जडान (डकिङ) कार्यमा सहभागिता जनाएका थिए ।

यो यात्रा एलेक्सी ओभ्चिनिनका लागि तेस्रो, इभान वाग्नरका लागि दोस्रो र डोनाल्ड पेटिटका लागि चौथो अन्तरिक्ष यात्रा थियो । रासस/सिन्ह्वा

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  २२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro