विदेश
काबुल । अफगानिस्तानमा गएको २४ घन्टामा सरकारी सेना र प्रहरीले गरेको कारबाहीमा परी कम्तीमा ३२ जनाको ज्यान गएको समाचार छ ।
सेना र प्रहरीले संयुक्त रुपमा गरेको कारबाहीका क्रममा ती तालिवान मारिएका हुन् । अफगानिस्तानका विभिन्न क्षेत्रमा गरिएको कारबाहीमा ती तालिवान मारिएका हुन् ।
अफगानिस्तानका कुन्दुज, लाघमान, फराह, बाघ्लानलगायतका स्थानमा उक्त कारबाही गरिएको थियो । अफगानिस्तानको गृहमन्त्रालयले दिएको जानकारी अनुसार सोमबार विहानबाट मङ्गलबार विहानसम्म भएको यस कारबाहीका क्रममा ती तालिवान मारिएका हुन् ।
अफगानिस्तानका विभिन्न क्षेत्रमा पछिल्लो समयमा संयुक्त सेनाले सफाई अभियान सञ्चालन गरेको छ । उक्त अभियानमा परी केही महिनायतादेखि सयौं जना तालिवान मारिएका छन् । रासस/सिन्ह्वा
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७३ ११:५९
प्रतिक्रिया दिनुहोस्