साहित्य
काठमाडौं । प्रा. शिवगोपाल रिसालद्वारा लिखित ‘देहदेखि–विदेहसम्म’ आध्यात्मिक महाकाव्यको लोकार्पण गरिएको छ ।
स्वाध्याय परिवार, तफाल्हों, जावलाखेल, ललितपुर प्रकाशक रहेको उक्त पुस्तक पशुपतिनाथ मन्दिर परिसर, देवपत्तनमा शुक्रबाकर आयोजित समारोहमा डा स्वामी रामानन्द गिरीले लोकापर्ण गरे ।
मानव शरीरलाई देह भनिन्छ, शरीरभित्र बसेको आत्मा भनेको विदेह हो ।
दुई सय आठ पृष्ठको उक्त महाकाव्यमा एक हजार तीन सय पच्चीसभन्दा बढी श्लोकसङ्ख्या छन् । । राजर्षि जनक देहधारी भए पनि आत्मज्ञानी भएकाले नै उनी देहरहित वा विदेहका नामले परिचित थिए ।
कार्यक्रममा प्रा डा दीर्घराज घिमिरे, प्रा डा भवानीप्रसाद खतिवडा, डा शैलेन्दुप्रकाश नेपाल, स्वाध्यायी नारायणप्रसाद रिमाल, शिवा रिमाल र शोभा रिमालले समाजका प्रबुद्धबर्गलाई महाकाव्यको अध्ययनले आध्यात्मिक चिन्तन गर्न थोरै भए पनि सहयोग पुग्ने विश्वास गरिएको बताए । रासस
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७३ १४:३३
प्रतिक्रिया दिनुहोस्