साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा’ले ५१ औं दिन मनाएको अवसरमा काभ्रेको एक दुर्गम गाउँका लागि एम्बुलेन्स दिने घोषणा गरेको छ । चलचित्रले ५१ औं दिन मनाएको अवसरमा स्क्रिप्ट तयार पारेको स्थान पशुपतिनाथ पुगेर निर्देशक दिपा श्री निरौला र दीपकराज गिरीले एम्बुलेन्स दिने घोषणा गरेका हुन् ।
“हामीले चलचित्र छक्का पञ्जाको सुटिङ गरेको काभ्रेको डाँडाँगाउँका स्थानीयका लागि एम्बुलेन्स दिने घोषणा गर्छौं,’ गिरीले भने, यसका लागि हामीले आवश्यक प्रक्रिया सुरु गरिसकेका छौं ।”
हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले व्यक्तिगत पहलमा सिन्धुपाल्चोकको गिरानचौरमा ६५ वटा घर बनाएर स्थानीयलाई वितरण गरेकोप्रति दीपकले भने, “अरुले जे गर्यो त्यही गर्ने हाम्रो बानी छ । त्यो राम्रो हैन । हामी बिरामी ओसार्ने एम्बुलेनस दिदैछौं ।”
भदौ २४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा’ले शनिबार ५१ औं दिन मनाएको हो । हास्य कलाकारहरुको भीड नै रहेको ‘छक्का पञ्जा’ मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, वर्षा राउत, प्रियंका कार्कीलगायतका कलाकारले अभिनय गरेका छन् ।
सोसल कमेडी जनरामा निर्माण गरिएको छलचित्र ‘छक्का पञ्जा’ ले वैदेशिक रोजगारीको विषयलाई उठान गरेको छ । चलचित्र अझै पनि चलिरहेको छ ।
दिपाश्री निरौलाले निर्देशन गरेको चलचित्र ‘छक्का पञ्जा’ सिंगल थिएटर मात्रै नभएर धेरै मल्टिप्लेक्शमा ५१ औं दिन मनाउने, धेरै शो पाउनेलगायतका धेरै रेकर्ड बनाउन सफल चलचित्र हो ।
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७३ १०:२५
प्रतिक्रिया दिनुहोस्