विदेश
काठमाडौं । साउदी अरेबियाको नेतृत्वको गठबन्धन सेनाको पछिल्लो हवाई आक्रमणमा यमनमा कैदी तथा हुथी विद्रोही गरि ३० जनाको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ ।
गठबन्धन सेनाले यमनको राजधानीसहित धेरै स्थान कब्जा गरेर बसेको हुथी विद्रोही नेतृत्वको सरकारी सुरक्षा भवनलाई लक्षित गरेर गरिएको आक्रमणमा उक्त घटना घटेको बताइएको छ ।
गठबन्धन सेनाका एक उच्च अधिकारीलाई उदृृत गर्दै जनाइएको समाचारमा उक्त घटना यमनको पश्चिमी तटिय सहर होदीदाहको उत्तरमा रहेको जैदियामा अवस्थित एक भवनमा भएको हो ।
उक्त भवनमा हुथी बिद्रोहीहरुले आफ्ना विरोधीलाई बन्दी बनाउने गरेको बताइएको छ । आक्रमणका बेला उक्त भवनमा ४० जनाभन्दा बढी कैदी रहेको बताइएको छ । उक्त भवनको भित्र रहेका हुथि विद्रोही पनि मारिएका बताइएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७३ ०९:२५
प्रतिक्रिया दिनुहोस्