site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'ए दिल है मुश्किल'ले पहिलो दिनमै कमायो भारु १३ करोड
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । रणविर कपुर, ऐश्वर्या राय बच्चन तथा अनुष्का शर्मा अभिनित सिनेमा ‘ए दिल है मुश्किल’ ले प्रर्दशनीको पहिलो दिनमै भारु १३ करोड कलेक्शन गरेको इन्डियन एक्सप्रेस पत्रिकाले जनाएको छ । 
चर्चित बलिउड निर्देशक करण जौहरको यो सिनेमा गत महिना देखि विवादमा परेको थियो । विवादकै कारण  कतिपय स्थानमा देखाउन नदिने शिव सेनाले घोषणा गरेको थियो । तर, अन्तिम समयमा सबै विवाद मिलेपछि रिलिज भएको सिनेमाले कस्तो व्यापार गर्ला भन्नेमा धेरैको चासो थियो ।
पाकिस्तानी कलाकार फवाद खानको यो सिनेमामा सानो भूमिका भएका कारण भारतको कट्टर हिन्दुवादी दल शिव सेनाले चर्को विरोध जनाएको थियो ।
यस सिनेमाकी अभिनेत्री अनुष्का शर्माले मात्र हालैका दिन आमिर खान तथा सलमान खानसँग सफल सिनेमा दिन सकेकी छिन् । रणवीर कपुर विगतका केही सिनेमा नचलेको कारण उनी एक प्रकारले समस्यामा परेका र ऐश्वर्या राय पनि सिनेमामा फर्केपछिको पहिलो फिल्म जज्बाले सोचेजस्तो व्यापार गर्न सकेको थिएन ।
बलिउडका सिनेमा समीक्षक तरण आदर्शले टुइट गरेअनुसार यो सिनेमाले धनतेरासको दिन तथा दिवालीको शुरुआत भएता पनि राम्रो व्यापार गरेको छ । अब दिवाली भरी यो सिनेमाको व्यापार निकै बढ्ने समीक्षकले अपेक्षा छ । 
अजय देवगनको शिवाय सिनेमाको तुलनामा यो सिनेमाको व्यापार निकै राम्रो रहेको पनि बताइएको छ । यो सिनेमाको ट्रेलर रिलिज गरेको समय देखिनै विवाद भएका कारण पनि धेरैको यो सिनेमा प्रति रुची भएको तथा यसमा स्टारडम कलाकार भएको कारण मल्टिप्लेक्समा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।
शिवाय तथा ए दिल है मुश्किल दुवै करिब २ हजार ८ सय देखि तीन हजारसम्म हलमा एकैपल्ट लागेको तर रणवीरको सिनेमा धेरै मल्टिप्लेक्समा लागेका छन् । ७० करोडमा बनेको ए दिल है मुश्किलले करिब १० देखि १५ करोड प्रचारमा खर्च भएको हुनसक्ने अनुमान गरिएको छ । यो सिनेमाले रिलिज हुनुअघिनै सिनेमा देखाउने अधिकार बेचेर ५० करोड भारु कमाइसकेको पनि इन्डियन एक्सप्रेसले लेखेको छ ।
यो सिनेमा करण जोहरले केही समयको अन्तरालमा बनाएका हुन् । यो सिनेमा बाट बलिउडमा निकै प्रभाव जमाउनका लागि जोहरले निकै मेहनत गरेका छन् ।
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७३  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro