खेल
काठमाडौं । काठमाडौं जिल्ला हाप्कि–डो संघको अध्यक्षको जिम्मेवारी करुणप्रसाद वैद्यले पाएका छन् । शुक्रवार काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुबराज न्यौपानेको प्रमुख अतिथ्यमा सम्पन्न भएको काठमाडौं जिल्लाका हाप्कि–डोका खेलाडि तथा खेलकर्मीको भेलाले करुणप्रसाद वैद्यको अध्यक्षमा ७ सदस्य कमिटी चयन गरेको हो ।
नेपाल नेश्नल मार्सलआर्ट गेम्स महासंघमा (एनएनएमजीसी) आवद्ध रहेको काठमाडौं जिल्ला हाप्कि–डो को उपाध्यक्ष मदन नेपाल, सचिव गोकुल साही ढकुरी र कोषाध्यक्षमा रुद्र पुलामी मगरलाई भेलाले पुन गठन कमिटीमा स्थान दिएको छ । त्यसैगरि सदस्यमा निराज डंगोल, सन्जय शाह र अनिल खड्गी छन् ।
एनएनएमजीसीका उपाध्यक्ष अन्जुनाथ श्रेष्ठ,काठमाण्डौ जिल्ला खेलकुद बिकास समितिका कार्यलय प्रमुख लिलाराम बस्नेतको पनि उपस्थिति रहेको भेलामा एनएनएमजीसीमा आवद्ध नेपाल हाप्कि–डो संघका अध्यक्ष एनिप महर्जन, महासचिव मनोजकुमार महर्जन र सचिवमा महेश बज्राचार्यको पनि उपास्थिति रहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७३ १७:३३
प्रतिक्रिया दिनुहोस्