site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विकासलाई नेपाल ओपन स्नुकर उपाधि
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । विकास श्रेष्ठले नेपाल ओपन स्नुकर प्रतियोगिताको उपाधि जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको ‘बेस्ट अफ एलेभेन’ को फाइनलमा विकासले सोम लामालाई ६–४ को फ्रेममा पराजित गरे ।
सुरुआतका दुई फ्रेम विकासले ९१–५२ र १११–२ ले आफ्नो पक्षमा पारे । त्यसपछिका लगातार तीन फ्रेम सोमले ११२–१६, १२०–० र ७३–२४ ले जित्दै खेलमा ३–२ को अग्रता हासिल गरेका थिए । छैटौंदेखि आठौं फ्रेम विकासले आफ्नो नाममा लेखाउँदै खेलमा ५–३ को अग्रता लिएका थिए । विकासले छैटौंमा ५२–४८, सातौंमा ५९–५३ र आठौंमा ६३–३३ स्कोर गरेका थिए । नवौं फ्रेम सोमले ८२–४२ ले आफ्नो पक्षमा पार्दै विकासलाई संघर्ष गर्न बाध्य बनाएका थिए । दसौं फ्रेम विकासले ९४–३२ ले जित्दै उपाधि सुनिश्चित गरे ।
उपाधिसँगै विकासले १ लाख १ हजार तथा सोमले ५० हजार नगद पुरस्कार पाए । तेस्रो भएका छोपेल शेर्पा र विकास महर्जनले १५–१५ हजार नगदमा चित्त बुझाए ।
नेपाल विलियर्ड, स्नुकर तथा पुल संघद्वारा आयोजित प्रतियोगितामा उपविजेता सोम प्रतियोगिताकै सर्वाधिक ब्रेककर्ता बने । उनले फाइनलको तेस्रो फ्रेममा गरेको ७५ अंकको ब्रेक नै प्रतियोगिताको सर्वाधिक ब्रेक बन्न पुग्यो । त्यसवापत उनले छुट्टै १० हजार नगद पुरस्कार हात पारे ।
विजेतालाई उद्योग मन्त्री नवीन्द्रराज जोशीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दसदिने नकआउट प्रतियोगितामा ९८ खेलाडीले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७३  १६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro