विदेश
काडमाडौं । अमेरिकाका रिपब्लिकन पार्टीका उपराष्ट्रपति उमेदवार माइक पेन्स न्युयोर्कको विमानस्थलमा भएको विमान दुर्घटनामा मुस्किलले जोगिएको बीबीसीले जनाएको छ ।
इन्डियाना राज्यका गभर्नरसमेत रहेका पेन्स चढेको बिमान न्युयोर्क राज्यको लागौर्डिया एयरपोर्टमा अवतरणका क्रममा चिप्लिएको थियो । तर, उनलाई कुनै चोटपटक नलागेको बताइएको छ ।
उनी लगायत ३० जना चढेको बिमान आइवा राज्यबाट चुनाव प्रचार अभियान सकेर न्युयोर्क फर्किदै गर्दा उक्त दुर्घटना भएको हो ।
उनीहरुलाई आकस्मिक सहायता सुरक्षाकर्मीले पछाडिबाट बाहिर निकालेका थिए ।
त्यसपछि उक्त एयरपोर्टलाई अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको समाचारमा उल्लेख छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७३ १३:५३
प्रतिक्रिया दिनुहोस्