विदेश
काठमाडौं । भारतमा निजीस्तरबाट चिनियाँ सामाग्री बहिस्कार गर्ने अभियान चलिरहेको बेला यस्तो कदमले दुई देश बीचको सम्बन्ध तथा भारतमा लगानी गर्ने चिनियाँ लगानीकर्तामा नकारात्मक प्रभाव पर्ने चिनले चेतावनी दिएको छ ।
भारतीय समाचारसंस्था पीटीआईका अनुसार नयाँ दिल्ली स्थित चिनिया राजदूताबासले एक बिहीबार एक विज्ञप्ति जारी गर्दै यस प्रकारको बहिस्कार अभियानले चीनलाई फरक नपर्ने तर भारतीय व्यापारी तथा ग्राहकमा बढी असर पर्ने बताएको छ ।
चिनियाँ दूताबासले उसको देश विश्वको सबैभन्दा ठूलो ब्यापारिक सामानको निर्याकर्ता भएको र २०१५ मा २७७६.५ मिलियन डलरको निर्यात गरेकोमा भारतमा केवल दुई प्रतिशत मात्रै भएको स्पष्ट पारेको छ ।
भारत सरकारले आधिकारिक रुपमा कुनै बहिष्कार नगरे पनि भारत पाकिस्तानबीच हालैका दिनमा तनाव सुरु भएपछि पाकिस्तानलाई चीनले समर्थन गरेको भन्दै त्यसको बिरोध गर्दै सामाजिक सञ्जालहरुमा बहिस्कारको अभियान चलेको हो ।
खुद्रा व्यापारिहरुकोे संगठन कन्फिडरेशन अफ अल इन्डिया ट्रेडर्सले हालै दीपावालीमा चिनियाँ वस्तुकोे आयातमा यो वर्ष ३० प्रतिशतसम्म गिरावट आउन सक्ने बताएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७३ १२:२७
प्रतिक्रिया दिनुहोस्