विदेश
काठमाडौ । अन्टार्कटिका महादेशको रोस सागर अब विश्वको सबैभन्दा ठूलो संरक्षित क्षेत्र हुने भएको छ । यस विषयमा विश्वका २४ देशका प्रतिनिधिहरु तथा युरोपियन युनियनले सहमति गरेका छन् ।
दक्षिणी महासागरको करिब १.५७ मिलियन वर्गकिलोमिटर क्षेत्र माछा मार्नबाट अब ३५ वर्षका लागि रोक लगाइएको छ ।
वातावरणविद्हरूले ‘पृथ्वीको सबैभन्दा प्राचीन पर्यावरण’ संरक्षण गर्ने उक्त निर्णयलाई स्वागत गरेका छन् । उनीहरुका अनुसार यो यस्ता धेरै संरक्षित क्षेत्रहरुमध्ये पहिलो हुने बताइएको छ ।
अस्ट्रेलियाको होर्बटमा आयोजित कन्जरभेसन अफ अन्टार्कटिका मरिन लिभिङ रिसोर्सेजको बैठकमा यस्तो सम्झौता भएको हो । यो रोस सागर विश्वका ३८ प्रतिशत अडेले पेन्गुइन्स, ३० प्रतिशत अन्टार्टिका पेट्रेल तथा ६ प्रतिशत अन्र्टाटिक मिन्के व्हेलको बासस्थान हो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७३ १०:३६
प्रतिक्रिया दिनुहोस्