खेल
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली र जापानको पूर्व राष्ट्रिय खेलाडी सम्मलित जापान फ्रेन्ड टोलीबीच मैत्रीपूर्ण च्यारिटी खेल हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र जापानको सामाजिक सस्था कलरवाथको संयुक्त आयोजनामा काठमाडौंमा मैत्रीपूर्ण खेल हुन् लागेको हो ।
जापानिज टोली र नेपालबीचको खेल आगामी नोभेम्बर १९ तारिखमा एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने एन्फाले बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । नेपाल र जापान दैत्य सम्बन्ध स्थापित भएको ६० औ वर्षको उपलक्ष्यमा च्यारिटी फुटबल हुन् लगेको हो ।
च्यारिटी फुटबलको लागि विश्वकप २००२ को जापानिज राष्ट्रिय टोलीबाट खेलिसकेका पूर्व राष्ट्रिय खेलाडी तोडा काजुयाकीको नेतृत्वमा १६ सदसीय जापानिज शीर्ष लिग जे लिगका खेलाडी तथा अन्य क्लबका व्यवसायिक फुटबल खेलाडी नेपाल आउने एन्फा सीईओ इन्द्रमान तुलाधरले जानकारी दिए । जापानिज टोली नोभेम्बर १७ मा नेपाल आइपुग्ने छन् । मैत्रीपूर्णपछि जापानिज टोली जाइकाद्वारा निर्माण गरिएको बिभिन्न स्कुलको भ्रमण गर्ने कार्यक्रम छ ।
नेपाल र जापानिज फुटबल टोलीबीचको खेलबाट उठेको रकम भूकम्पले प्रभावित जिल्लामा विद्यालय निर्माण गर्ने लक्ष्य रहेको कलरवाथ नेपाल प्रमुख गणेश लामाले बताए । मैत्रीपूर्ण खेलका लागि एन्फाले १ हजार र १५ सय दरको टिकट राखेको छ । त्यस्तै लामाले जापानिज टोलीको सम्पूर्ण खर्च कलरवाथले बेहोर्ने बताए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७३ १४:५४
प्रतिक्रिया दिनुहोस्