विदेश
काठमाडौं । संसारका हरेक बाबुआमा बच्चालाई टेलिभिजन हेर्न रोक लगाउँछन् । तर, जब बाबुआमा काममा व्यस्त हुन्छन् बच्चाहरू टिभीमा कार्टुन लगाएर हेरिरहेका हुन्छन् । बच्चाहरू खासमा कार्टुनमा रुची राख्छन् र लामो समयसम्म टिभी हेर्छन् । यसरी लामो समयसम्म टिभी हेर्दा बच्चाको सिर्जशिलता विनास हुन सक्छ ।
किताब पढ्ने तथा जिक्स वा पजल समाधान गर्ने बच्चाको तुलनामा १५ मिनेट तथा त्योभन्दा बढी कार्टुन हेर्ने बच्चाको सिर्जनात्मक क्षमता गुम्ने जोखिम बढी हुने एक अध्ययनले निष्कर्ष निकालेको छ ।
ब्रिटेनको स्टाफोर्डसायर विश्वविद्यालयकी प्रोफेसर सारा रोजका अनुसार उनीहरुले गरेको एक परीक्षणमा टिभी हेर्ने बच्चाहरूले नहेर्ने बच्चाहरूको तुलनामा कम मौलिक अवधाराणा राखेको पाइएको छ । उनका अनुसार जब बच्चा आफ्नो खेलमा कम रचनात्मक हुन्छन्, पछि गएर उनीहरुकोे विकासमा नकारात्मक असर पनि पर्नसक्छ । यस अध्ययनमा शोधकर्ताहरुको समूहले तीन वर्षसम्म बच्चाहरुको रचनात्मक क्षमतामा टेलिभिजनबाट तत्काल हुने असरलाई विश्लेषण गरेका थिए । अध्ययनमा किताब पढ्ने तथा जिक्स वा पजल समाधान गर्ने बच्चाहरू तथा पोस्टम्यान प्याट नामक कार्टुन हेर्ने बच्चाको तुलनात्मक अध्ययन गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७३ १३:४६
प्रतिक्रिया दिनुहोस्