विदेश
काठमाडौं । भारतको पटनामा रेलवे बिभागले त्यहाँको बिहार राज्यको राजधानी पटनामा रहेको रेलवे स्टेशनमा यात्रुलाई प्रदान गरेको निशुल्क वाईफाई सेवा अन्र्तगत पोर्न वा यौन जन्य वेबसाइटहरु बन्द गरेका दि टाइम्स अफ इन्डियाले जनाएको छ ।
हालै गरिएको एक सर्भेमा उक्त रेलवे स्टेशनमा रेल विभागले प्रदान गरेको निःशुल्क वाईफाई सुविधालाई यात्रुहरूले यौजजन्य कुराहरुको सर्च तथा पोर्न जन्य वेबसाइटहरु हेर्नमा दुरुपयोग गरेको पाइएको थियो ।
पूर्वी केन्द्रीय रेलवेका एक अधिकारीले सरकारी स्वामित्वको रेलटेलले पोर्नसाइट बन्द गर्ने प्रक्रिया सुरु गरेको बताएका हुन ।
भारतमा देशभरिका २३ रेलवे स्टेशनमा निशुल्क वाईफाई प्रदान गरिएका मध्ये यौनजन्य कुराहरुको सर्च तथा पोर्न वा यौन जन्य वेबसाइटहरु हेर्नेमा पटना रेलवे स्टेशन पहिलो स्थानमा परेको सार्वजानिक भएको थियो ।
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७३ ००:००
प्रतिक्रिया दिनुहोस्