प्रवास
काठमाडौं । गोरखा सेवा समाज कतारले बनभोज कार्यक्रमको आयोजना गरको छ । समाजले हरेक वर्ष झै यो वर्ष पनि बनभोज कार्यक्रमको आयोजना गरेको हो ।
उक्त बनभोज कार्यक्रममा समाजले गायिका मुना थापा मगर र बिरही कार्कीलाईसमेत बोलाएको छ । कार्यक्रमलाई सांगीतमय बनाउने उद्धेश्यले थापा र कार्कीलाई बोलाइएको आयोजक गोरखा सेवा समाज कतारले जनाएको छ ।
प्रवासी नेपालीलाई एकताबद्ध गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा कतार बाहिर रहेका नेपालीले पनि सहभागिता जनाउन सक्ने गोरखा सेवा समाज कतारका अध्यक्ष सुदर्शन भट्टले बताए । उक्त बनभोज कार्यक्रममा डिसेम्बर १८ मा स्अल दोषरी पार्क (सहानिया) मा हुने बताइएको छ ।
फुलमायाँ कार्की फाउन्डेशनको सहयोगका लागि हुन लागेको कार्यक्रम समाजको १३ औं वार्षिकोत्सवको अवसरमा हुन लागेको हो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७३ १४:०४
प्रतिक्रिया दिनुहोस्