site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टोटनहम र रोमाले अंक बाँडे

काठमाडौं । यूईएफए युरोपा लिगमा इंग्लिस क्लब टोटनहम र इटालियन क्लब रोमाले २–२ को रोमाञ्चक बराबरी खेलेका छन् । बिहीबार टोटनहमको मैदानमा रोमाले इन्ज्युरी समयमा गोल गर्दै एक अंक खोसेको हो ।

घरेलु टिमका सन ह्युङ मिन र ब्रेनान जोन्सनले गोल गरे पनि त्यो तीन अंकका निम्ति पर्याप्त बनेन । खेलको पाँचौँ मिनेटमा नै सनले प्राप्त पेनाल्टीमा गोल गर्दा टोटनहमले अग्रता बनाएको थियो । तर, अर्जेन्टिनी फरवार्ड पाउल डिबलाको पासमा इभानले २०औँ मिनेटमा बराबरी गोल गरे ।

जोन्सनले ३४औँ मिनेटमा गोल गर्दै टोटनहमलाई पुनः २–१ को अग्रता दिलाएका थिए । तर, इन्ज्युरी समयमा मार्टस हुमल्सले गोल गर्दै रोमालाई हारबाट जोगाएका हुन् ।

बराबरीपछि टोटनहमले चौथो स्थानमा उक्लने अवसर गुमाएको छ । पाँच खेलबाट १० अंकसहित क्लब नवौँ स्थानमा छ । रोमा ६ अंकसहित २१औँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  ०९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro