site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
एक्सपर्टको टोली अन्टार्कटीका पुग्यो  

सिड्नी । विद्यार्थीलाई विश्वका विभिन्न देशहरूमा शिक्षाको लागि सहजीकरण गरिरहेको एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसको टोली अन्टार्कटीका महादेश पुगेको छ । त्यहाँ पुगेर वातावरण संरक्षणप्रति चासो देखाएको छ । 

एक्सपर्टका सात निर्देशकले अन्टार्कटीकामा बैठक बस्दै  वातावरण संरक्षणमा सबैको चासो आजको आवश्यकता रहेको निष्कर्ष निकालेका हुन् । एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसअन्तर्गतको एक्सपर्ट फाउन्डेसनको विशेष बैठक समेत उनीहरूले अन्टार्कटीकामा गरेका थिए । जसमा विश्वव्यापी रूपमा बढ्दो जलवायु परिवर्तन र नेपाल, हिमालय र जलवायु परिवर्तनबारे छलफल गरिएको एक्सपर्ट नेपालका निर्देशक खेम संग्रौलाले जानकारी गराए ।

एक्सपर्टले सामाजिक सेवा गर्न सञ्चालनमा ल्याएको फाउन्डेसनले नेपाललगायत विभिन्न मुलुकमा प्राकृतिक विपद् र महामारीका बेला सहयोग पु¥याउँदै आएको छ । सोही सन्दर्भमा अन्टार्कटीकामा जलवायु परिवर्तनसम्बन्धी छलफल गर्दै प्रतिबद्धता जनाएको सहभागी भुवन पाण्डेले बताए । 

एक्सपर्टको टोलीमा भुवन पाण्डे, सरोजकुमार शर्मा, बसन्तराज पोख्रेल, रुपक बर्तौला, टीएन अर्याल, खेम संग्रौला र प्रसन्न दाहाल अन्टार्कटिका पुगेका हुन् । उनीहरूसहित १३ नेपाली टिममा छन् । टोली नोभेम्बर २६ सम्म त्यहाँ रहनेछ । 

एक्सपर्टले हाल विश्वभरी ६० भन्दा बढी शाखामार्फत् नेपाली विद्यार्थीहरूलाई अष्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायतसहित १६ मुलुकमा पढ्न जान सहजीकरण गरिरहेको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १३:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro