काठमाडौं । रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषको साधारण सभाले २०७५ सालमा प्रदान गर्नेे समाज सेवासँग सम्बन्धित पुरस्कार तीनजनालाई प्रदान गर्ने निर्णय गरेको छ ।
रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार विराटनगर महानगरपालिकाको विराटेश्वर वृद्धाश्रम सेवा समिति र यसका संस्थापक जगतप्रसाद अज्र्याललाई रु. २ लाख र सम्मानपत्र दिने निर्णय भएको छ । त्यसैगरी रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार ललितपुर महानगरपालिका – २२, बुङमतीको अपाङ्ग सेवा संघलाई रु. १ लाख र संस्थाका अध्यक्ष दयाराम महर्जनलाई सम्मानपत्र दिने निर्णय भएको छ ।
त्यस्तै रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार पुरानो सिनामङ्गल, काठमाडौंको विशेष स्कुल तथा पुनस्र्थापना केन्द्रलाई रु. १ लाख नगद र संस्थाका अध्यक्ष सविता उप्रेतीलाई सम्मानपत्र प्रदान गर्ने निर्णय भएको समितिले जारी विज्ञप्तिमा उल्लेख छ ।