site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
७२.२५ किमी केरुङ–काठमाडौं रेलमार्गमा ७१ किमी सुरुङ र पुल
SkywellSkywell

काठमाडौं । चीन सरकारको सहयोगमा निर्माण गर्ने भनिएको केरुङ–काठमाडौं रेलमार्गमा ९८.५ प्रतिशत पुल र सुरुङमात्रै हुने भएको छ । चाइना रेल्वे फन्ट सर्भेले तयार गरेको सर्भेको प्रतिवेदनअनुसार उक्त रेलमार्गको अधिकांश भाग सुरुङमार्ग र पुलमात्रै हुने भएको हो । केरुङ–काठमाडौं रेलमार्ग ७२.२५ किलोमिटर लम्बाइ छ । 

अधिकांश भाग टनेलले लिने भएपछि रेलमा अक्सिजनको समस्या देखिन सक्ने कतिपय विज्ञले बताएका छन् । तर, यसका लागि रेलमै अक्सिजनको व्यवस्था भने गर्न सकिन्छ । “यहाँमात्रै होइन, टनेल रेलमा विश्वभर नै यो समस्या देखिन्छ, त्यसैले सुरुङमार्ग भएर गुड्ने रेलमा अक्सिजनको व्यवस्था प्रत्येक सिटमा जडान गरिएको हुन्छ,” रेल विभागका प्रवक्ता प्रकाश उपाध्ययाले भने । 

सर्भे प्रतिवेदनका अनुसार केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि कुल बजेट २ खर्ब ५७ अर्ब लाग्नेछ । प्रतिकिलोमिटर ३ अर्ब ५५ करोड रुपैयाँ लाग्नेछ । तराईको समथर भूभागमा रेलमार्ग निर्माणका लागि औसतमा प्रतिकिलोमिटर ४० करोड रुपैयाँ लाग्ने गरेको छ । केरुङ–काठमाडौं रेलमार्गमा अधिकांश सुरुङ र पुल हुने भएकाले लागत महँगो हुन आएको हो । 

KFC Island Ad
NIC Asia

प्रवक्ता उपाध्यायका अनुसार केरुङ–काठमाडौं रेलमार्ग बनाउन करिब ९ वर्ष लाग्नेछ । तर, बजेट बढाउने हो भने निर्माणको समयावधि घटाउन सकिन्छ । निर्माणका लागि प्रयोग गरिने हेवी इक्युपमेन्ट थप्नुपर्ने भएकाले निर्माण अवधि घटाउने हो भने बजेट पनि बढ्ने प्रवक्ता उपाध्याय बताउँछन् । 

केही दिनअगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले ५ वर्षमा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्पन्न गरेर उक्त बाटो हुँदै वार्षिक ५ लाख चिनियाँ पर्यटक नेपाल भित्र्याउने योजना रहेको बताएका थिए । 

Royal Enfield Island Ad

स्रोतका अनुसार अर्थमन्त्री डा. खतिवडा केरुङ–काठमाडौं रेलमार्ग निर्माणमा गम्भीर रुपमा लागिरहेका छन् । खतिवडाका अनुसार प्रधानमन्त्रीले पनि जति केरुङ–काठमाडौं रेलमार्गमा चासो देखाएका छन्, त्यति उनी गम्भीर पनि छन् । 

२०७२ चैत ७ गतेदेखि तत्कालीन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा केरुङ–काठमाडौं रेल्वे निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । सोही सम्झौताअनुसार चाइना रेल्वे फन्ट सर्भेले नेपाल आएर सर्भे गरेर उक्त प्रतिवेदन तयार पारेको हो । फन्टका ७ जना इन्जिनियरले १२ दिन लगाएर स्थलगत अध्ययनपश्चात् उक्त प्रतिवेदन तयार पारेका हुन् । अहिले रेल विभागका महानिर्देशक अनन्त आचार्य नेतृत्वको टोली चीन पुगेको छ । उक्त प्रतिवेदनसहित आचार्य बिहीबार स्वेदेश फर्किनेछन् । 

यसअघि चाइना रेल्वे एडमिनिस्ट्रेसनका उपप्रशासक झियान जियानको नेतृत्वमा आएको २३ सदस्यीय टोलीले नेपाली प्रतिनिधिमण्डलसँगको छलफलमा केही समस्या र चुनौती व्यवस्थापन गर्ने हो भने रेलमार्ग निर्माण गर्न सकिने बताएको थियो । 

उक्त टोलीले केही समस्याको व्यवस्थापन गर्दै जाने हो भने रेलमार्ग बनाउन सकिने तर भौगोलिक कठिनाइ, हाइ ग्रेड, मुआब्जा लगायतका समस्या चिनियाँ टोलीले औंल्याएका थिए । केरुङ–काठमाडौं समुुद्री सतहदेखि ४ हजार मिटरदेखि १३ सय मिटरको उचाइमा पर्छ । 

प्रतिवेदनमा रेलमार्ग निर्माणका सम्बन्धमा थप केके चुनौतीहरु औंल्याइएको छ, त्यो भने महानिर्देशक आचार्य नेपाल आएपछि मात्रै थाहा हुने प्रवक्ता उपाध्ययले बताए । ४ हजार मिटरको उचाइको चिसो भू–भागमा काम गर्नुपर्ने भएकाले १२ महिना नै काम गर्न सकिन्छ कि सकिँदैन त्यसबारे पनि प्रतिवेदनले के उल्लेख गरेको छ । यसले पनि केरुङ–काठमाडौं रेलमार्ग निर्माणको समयावधि तलमाथि हुने विभागको भनाइ छ ।

तस्बिर : बीबीसी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०७५  १२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro