site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी हुन् काठमाडौंबाहिरका व्यस्त विमानस्थल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिकको समस्या पुरानै हो । १०–१५ मिनेटदेखि घण्टौंसम्म एयर ट्राफिक जाम हुने गरेको छ । जाडो महिनामा बिहानको समयमा हुने न्यून भिजिबिलिटी, ठूलो पानी पर्दा, एकै समयमा उडान तथा अवतरणको उच्च संख्या हुँदा, बाँदर वा पंक्षी कहिलेकाहिँ आकस्मिक रुपमा धावनमार्गमा प्रवेश गर्दा तथा रनवे उक्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समय एयर ट्राफिकको समस्या देखिने गरेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै अर्को विमानस्थल नहुँदा आन्तरिक उडानका जहाज रनवे खाली नहुँदा उडान भरेकै विमानस्थल वा भरतपुर तथा सिमरा विमानस्थल पुग्नुपर्ने अवस्था छ । अन्तर्राष्ट्रिय वाइडबडी विमानहरु पनि उडान भरेकै विमानस्थल अथवा नजिक पर्ने देशको विमानस्थलतर्फ जानुपर्ने अवस्था छ । यही अवस्थालाई मध्यनजर गर्दै सरकारले काभ्रेको नागिडाँडामा आन्तरिक विमानस्थल बनाउने तयारी गरिरहेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै नेपालका केही अन्य विमानस्थल पनि व्यस्त हुन थालेका छन् । कतिपय समयमा यी विमानस्थलमा पनि एयरट्राफिकको समस्या देखिन थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान डाइभर्ट गर्नुपरेको अवस्थामा भरतपुर र सिमरा विमानस्थलमा पनि यो समस्या देखिने गरेको छ ।

लुक्ला र पोखरा पर्यटक सिजनमा सबैभन्दा धेरै व्यस्त हुने विमानस्थल हुन् । “विराटनगर, नेपालगञ्ज पनि व्यस्त हुने विमानस्थल हुन्,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुर भन्छन्, “अल सिजन व्यस्त हुने विमानस्थलमा पोखरा, विराटनगर, नेपालगञ्ज, भैरहवा र भरतपुर, जनकपुर, जोमसोम हुन् ।” काठमाडौं–नागढुङ्गा र मुग्लिन–नारायणगढ सडक खण्ड पूर्णरुपमा बनेपछि भने अफसिजनमा भरतपुर विमानस्थल अहिलेको जस्तो व्यस्त हुने छैन । सिमरा, भद्रपुर, धनगढी पनि सधैं व्यस्त हुने विमानस्थल हुन् ।  

पर्यटक सिजनमा सबैभन्दा धेरै उडान तथा अवतरण हुने हुम्लाको सिमिकोट विमानस्थल हो । यो विमानस्थलमा एक दिनमा जहाज र हेलिकप्टर गरेर एक सयभन्दा धेरै उडान हुने गरेको प्रवक्ता ठाकुर बताउँछन् । ३ हजार मिटर उचाइमा रहेको सिमिकोट कैलाश पर्वत र मानसरोवर जाने प्रवेशद्वारका रुपमा परिचित छ । यहाँ बर्सेनी हजारौं धार्मिक तथा साहसिक पर्यटनका लागि आन्तरिक तथा बाह्य पर्यटक जाने गर्छन् । 

“लुक्लामा पनि पर्यटक आगमनको सिजनमा निकै धेरै एयर ट्राफिक हुन्छ,” प्रवक्ता ठाकुर भन्छन्, “जहाज र हेलिकप्टर गरेर एक सयभन्दा धेरै उडान हुन्छ ।” तेञ्जिङ हिलारी विमानस्थल नामाकरण गरिएको यो विमानस्थल संसारकै सबैभन्दा डरलाग्दो विमानस्थल मध्येको एक हो । हिस्ट्री च्यानलको ‘मस्ट एक्स्ट्रिम विमानस्थल र्याङकिङ’मा २०७० मा लुक्ला विमानस्थललाई विश्वकै डरलाग्दो विमानस्थलको सूचीमा तेस्रो स्थानमा राखेको हो । 

सुुर्खेत र तुम्लिङटार विमानस्थल पनि सबै सिजनमा व्यस्त हुने विमानस्थल रहेको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार लुक्ला, सिमिकोट, बाजुरा, भोजपुर, डोल्पा, जोमसोम, जुम्ला, खानिडाँडा, फाप्लु र रारा सबै सिजनमा सञ्चालन हुने विमानस्थल हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३०, २०७५  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro