site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
शिक्षालाई अगाडि बढाउने विषयमा सरकारले नयाँ योजना बनाउँछ : प्रधानमन्त्री ओली
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रलाई अगाडि बढाउने विषयमा सरकारले नयाँ योजना बनाउने बताएका छन् । आज बालुवाटामार लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौं सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,  “कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हुन्छ, त्यहीअनुसार शिक्षण संस्था खोल्नुपर्छ । अध्ययन नगरी जथाभावी खोलिएका शिक्षण संस्थाका कारण योग्यताको प्रमाणपत्र व्यक्तिको लागि गौरवभन्दा पनि पीडाको विषय हुन्छ । चाहिएको छ कृषि विज्ञ, प्रमाणपत्र छ अरु नै विषयको । यस्तो मान्छे वेरोजगार हुन्छ ।”
प्रधानमन्त्री ओलीले सरकारले सबै क्षेत्रको अध्ययन गरेर सोहीअनुसार शिक्षण संस्था खोल्नका लागि सिफारिस दिने पनि बताए । प्रधानमन्त्री ओलीले आजको नेपाली खान र लाउनबाट बञ्चित नभएको जिकिर पनि गरे ।
“नेपाल लामो समय गरिबीको रेखामुनी थियो, खान र लाउनबाहेक अन्यन्त्र ध्यान दिन नसक्ने अवस्थामा थियो । तर,  अहिलेको अवस्था त्यस्तो छैन । अहिलेका नेपाली अरु खान र लाउनबाहेक अन्य कुराहरु सोच्ने अवस्थामा पुगेका छन्,  गुणस्तरीय जीवन बिताइरहेका छन्,“ प्रधानमन्त्री ओलीले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ९, २०७५  १५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro