site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री राणा चीन जाने
फाइल तस्बिर ।

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन भ्रमणमा जाने भएकी छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वतयारीका लागि उनी चीन भ्रमणमा जान लागेकी हुन् । राणा मंसिर १३ गतेदेखि १५ सम्म चीन भ्रमणमा जान लागेकी हुन् । 

Argakhachi Cement Island Ad

"सम्माननीय प्रधानमन्त्रीको चीन भ्रमणको सन्दर्भमा परराष्ट्रमन्त्री आरजु राणा देउवाको मंसिर १३ गतेदेखि १५ गतेसम्मको भ्रमणको प्रतिनिधिमण्डलको जुन सदस्य हुनुहुन्छ, चीनको भ्रमणको स्वीकृति प्रदान भएको छ," उनले भने ।

प्रधानमन्त्री ओली मंसिर १७ गतेदेखि चीनको भ्रमणमा जाने तय भएको छ ।

 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १९:३३
प्रतिक्रिया दिनुहोस्