site stats
बाह्रखरी :: Baahrakhari
देश
चोरीका २३ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका २३ वटा मोटरसाइकल सवारी धनीलाई जिम्मा लगाइएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले खोजी गरि ती मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण गरेको हो । शुक्रबार २३ मोटरसाइकल महाशाखाका एसपी सुरेन्द्र मैनालीले सवारी धनीलाई हस्तान्तरण गरे ।

महाशाखाका एसएसपी वसन्तकुमार पन्तले चोरी भएका मोटरसाइकल र स्कुटरको खोजी कार्य तिव्र पारिएको बताए ।उनले भने, “कपितय सवारी धनीको पहिचान नखुलेका सवारी साधन पनि छन्, सवारी हराएका धनीले महाशाखाका सम्र्पक गर्न सक्नेछन् ।” उपत्यकाका विभिन्न स्थानमा पार्किङ गरेर राखिएका मोटरसाइकल चोरहरुले नक्कली साँचोको प्रयोगबाट चोरेर लैजाने र पछि नक्कली नम्बरको प्रयोग गरेर चलाउने गरेको एसएसपी पन्तले बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महाशाखाले पछिल्लो समय ट्राफिक नियम उल्ङघन, मोटरसाइकल चोरी, क्षमताभन्दा बढी यात्रु चढाउने, ट्राफिक नियम उल्ङघन गर्नेलाई प्रविधिको माध्यमबाट पनि विशेष निगरानीमा राखेको बताउँदै आएको छ । 

यी हुन सवारी धनीलाई प्रदान गरिएका मोटरसाइकल:
\"\"

प्रकाशित मिति: शुक्रबार, असार २२, २०७५  १२:२३
प्रतिक्रिया दिनुहोस्