site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गुन्डागर्दीविरुद्ध प्रहरीको सक्रियता, २ सय ‘डन’ निगरानीमा !
SkywellSkywell

काठमाडौं । मंगलबार प्रहरीले काठमाडौंबाट रामेछाप तिनथुंग घर भइ हाल नयाँ बजारमा बस्दै आएका सपन मगर भन्ने विमल लुङगेली मगरलाई पक्राउ गर्यो ।

ठमेल, दरबारमार्ग क्षेत्रमा होटल, डिस्को, रेष्टुरेन्टमा गइ व्यवसायीहरुलाई डर त्रास देखाई रकम असुल्दै हिँड्ने, व्यवसायीलाई धम्की दिने लगायतका आरोप उनीमाथि छ । सार्वजनिक मुद्दामा म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले काठमाडौं उपत्यकालाई गुन्डामुक्त बनाउन अभियान सुरु गरेलगत्तै उनी पक्राउ परेका हुन् । उनीजस्तै २ सय बढी व्यक्तिहरु प्रहरीको निगरानीमा रहेको जनाएको छ । 

KFC Island Ad
NIC Asia

यसको संकेत केहिदिन अघि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि दिइसकेका थिए । 

“हामी गुन्डा र अपराधीविरुद्ध निर्मम रुपमा प्रस्तुत हुन्छौं, यति भनेपनि तपाईँले बुझ्नुहुन्छ,” प्रहरी महानिरीक्षक खनालले बिहीबार प्रहरी मुख्यालयमा पत्रकारसामु भन्दै थिए । गृह मन्त्री रामबहादुर थापा ‘बादल’ ले पनि गुन्डा र अपराधीविरुद्ध कुनै पनि प्रकारको सम्झौता नहुने बताएका छन् ।

Royal Enfield Island Ad

त्यसो त प्रहरीले नियमित रुपमा अपराधी र अपराधमा संग्लन वा सम्भावितहरुको सूची तयार पार्ने, नियमित अपडेट गर्ने, निगरानीमा राख्ने काम गर्दै आएको बताएको छ ।

प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा गुन्डा र अपराधीसँग कुनै सम्झौता नहुने बताउँछन् । “समाजमा अशान्ति कायम गर्ने, आतंकित पार्ने, नियम कानुन मिच्ने जो कोहीविरुद्ध नेपाल प्रहरी कठोरताका साथ प्रस्तुत हुन्छ,”एसएसपी थापाले बाह्रखरीसँग भने । 
प्रहरीले काठमाडौं उपत्यकासहित पोखरा, बुटवल, विराटनगर लगायत तराईका जिल्लामा बढी गुन्डागर्दी रहेको औँल्याएको छ ।

उपत्यकाका दुई सय ‘डन’ निगरानीमा 
 

उपत्यकामा काठमाडौंसहित ललितपुर र भक्तपुर तीन जिल्ला छन् । 

यी तीन जिल्लामा रहेका करिब २ सय डन प्रहरीको निगरानीमा रहेको प्रहरी उच्च स्रोतले जानकारी दियो । झण्डै ५० लाख जनसंख्याका रहेको उपत्यकामा अपराधीको जालो पनि बाक्लो रहेको प्रहरी निष्कर्ष छ । 
उता महानगरीय प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेल भने काठमाडौं र उपत्यकामा अहिले पहिलेजस्तो गुण्डाराज नभएको बताउँछन् । त्यसो त उपत्यकाको पार्किङदेखि ठेक्कापट्टा, होटल व्यवसायलगायत क्षेत्रमा धम्की र हप्ता असुली चर्को रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।

महानगरीय अपराध महाशाखाले पछिल्लो एक महिनामा २ जनालाई गोली नै प्रहार गरेर नियन्त्रणमा लियो । केहिदिन अघि मात्रै रौतहटमा पनि भारतीय अपराधीको प्रहरी मुडभेडमा ज्यान गयो । काठमाडौंको बौद्ध, गौशाला, महाराजगञ्ज, बानेश्वर, ठमेल, न्युरोड, बालाजु, कमलपोखरी र दरबामार्गमा गुन्डाराज अघोषित रुपमा रहेको प्रहरी बताउँछ ।

“भक्तपुर र ललितपुरमा पनि गुण्डाराज छ तर काठमाडौंको भन्दा कम,” प्रहरी स्रोत भन्छ । 

प्रहरी स्रोतका अनुसार उपत्यकामा विभिन्न श्रेणीका २ सय गुन्डा सक्रिय छन् । प्रहरीले क, ख, ग र घ वर्गमा गुन्डाहरूलाई वर्गीकरण गरेको छ । उनीहरुमध्ये केही पक्राउ पनि परेका छन् । कोही पक्राउ पर्दै छुट्ने र फेरि पक्राउ पर्ने पनि गरेका छन् । 

व्यवसायी र समाजसेवीको आवरणमा गुण्डागर्दी
 

उपत्यकामा होस् या देशका अन्य भागमा क्रियाशील गुन्डाहरूले कुनै न कुनै क्षेत्रलाई आफ्नो आधारभूमि बनाएको देखिन्छ । पछिल्लो समय अपराध र गुन्डागर्दीमा लागेकाहरु समाजसेवा र व्यवसायीको आवरणमा देखिन्छन् । समाजसेवाको आवरणमा उनीहरुले हप्ता असुली, विकासका टेन्डर कब्जा गर्ने तथा व्यवसायीलाई धम्क्याउँदै आएको प्रहरीको बुझाई छ । उपत्यकामा गुण्डाहरु विभिन्न ६ समुहमा आवद्ध रहेको प्रहरी स्रोत बताउँछ । एउटा गुन्डा अर्को समुहमा आउने–जाने चलिरहन्छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी पोखरेलले गुन्डा र अपराधीविरुद्ध कानुनले दिएको सबै अधिकार प्रयोग गर्न आफुले निर्देशन दिएको बताउँछन् । के प्रहरीले इन्काउन्टर गर्ने रणनीति लिएको छ त भन्ने बाह्रखरीको प्रश्नमा उनले भने, “आवश्यकता र परिस्थिति हेरेर कानुनले दिएको सबै अधिकार प्रयोग गर्ने हो । प्रहरीमाथी आइलागे निर्मम प्रतिकार गरिन्छ ।” 

साना हतियारले चूनौती बढायो
 

जिल्ला प्रशासन कार्यालयबाट अनुमती लिएका वैध हतियारले अवैध क्रियाकलाप बढाएको प्रहरीको ठहर छ । महानगरीय अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिँह अनुमति लिएका हतियारबाट गैरकानुनी र दुरुपयोग हुन थालेपछि जफत गर्ने प्रक्रिया सुरु भएको बताउँछन् । एसएसपी सिहंका अनुसार वैध हतियारधारीले मिटरव्याजमा पैसा लगाउने, चन्दा आतंक मच्चाउने, हतियार देखाएर ठेक्काकब्जा गर्ने लगायतका कार्य देखिएको बताए । उपत्यकाको गुन्डागर्दी अन्त्य गर्न महाशाखा विशेष निगरानीका साथ लागिरहेको उनी बताउँछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २०, २०७५  ०९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro