site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोरे समूहबाहेक कसले भित्र्याउँदैछ अवैध सुन ? त्रिभुवन विमानस्थल सुस्ताउँदा केरुङ फस्टायो
SkywellSkywell

काठमाडौं । गत माघमा युएईबाट त्रिभुवन विमानस्थल हुँदै ल्याइएको साढे ३३ किलो सुन हराएपछि नेपालको इतिहासमा सुनकाण्ड र त्योसँगै जोडिएको सनम हत्याकाण्ड चर्चित बनेको छ । सरकारले सनम शाक्यको हत्या र अवैध सुन तस्करीको अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा विशेष अनुसन्धान टोलीसमेत गठन गरेको छ । 

टोलीको दुईपटक म्याद थपिएको छ । विशेष अनुसन्धान टोलीले हराएको साढे ३३ किलो सुन, सनम हत्याको जरो पत्ता लगाउँदै जाँदा उच्च प्रहरी अधिकारी, भन्सार, अध्यागमन कर्मचारीको मिलेमतोमा चूडामणि उप्रेती ‘गोरे’को समूहले ३८ विभिन्न समयमा ३८ क्वीन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । अहिले यो मुद्दा मोरङ जिल्ला अदालत र उच्च अदालतमा जारी छ । तस्करीको ३८ क्वीन्टल सुनका मुख्य लगानीकर्ता भनिएका एमके अग्रवाल खोजीमा छन् । अन्य ३१ जना पूर्पक्षका लागि जेल चलान भएका छन् । 

त्यसो त यसअघि पनि पटक–पटक सुन तस्कर पक्राउ नपरेका होइनन् । तर साढे ३३ किलो सुन प्रकरणपछि तस्करीको सुन आयात रोकिएको हो कि भन्ने अनुमान धेरैको थियो । गृहको विशेष टोलीले त हवाई मार्गबाट सुन आउने क्रम रोकिएको बताउँदै आएको छ । त्यसो भए के नेपालमा गोरेको ग्याङमात्रै सुन तस्करीमा लागेको हो त ? के अहिले साँच्चिकै तस्करी पूर्णरुपमा रोकिएको हो त ? उच्च सरकारी अधिकारी भने दृश्य–अदृश्य रुपमा गोरेको ग्याङबाहेक अरु समूह पनि सुन तस्करीमा रहेको बताउँछन् ।

KFC Island Ad
NIC Asia

सुन तस्करीको संरक्षणदेखि मिलेमतोमा संग्लनताको आशंकाका विभिन्न नेता, व्यापारी, प्रहरीका पूर्व उच्च अधिकारीहरुको नाम जोडिएर आएको देखिन्छ । यद्यपि त्यसको तथ्यगत पुष्टि भने भएको पाइँदैन । तर आशंकाको घेरामा धेरै छन् । 

त्रिभुवन विमानस्थल सुस्ताउँदा केरुङ फस्टायो 
नेपालमा मूलतः सुन तस्करी हुने तीन नाका हुन्, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तातोपानी र केरुङ–रसुवा नाका । तातोपानी नाका हाल सञ्चालनमा छैन । हवाईमार्ग भएर सुन आउने अवस्था नभएको त होइन तर पछिल्लो समय साढे ३३ किलो काण्डपछि सुस्ताएको हो कि भन्ने अनुमान प्रहरी अधिकारीको छ । तर छिटपुट रुपमा विमानस्थलमा वैदेशिक रोजगारमा गएकाहरुलाई प्रयोग गरेर सुन तस्करी हुने गरेको तथ्य भने लुकेको छैन । तर यो परिमाणका आधारमा कम हुन्छ । यस्तोमा केरुङ नाका नै तस्करीको मुख्य केन्द्र हो भन्ने आशंका छ ।

Royal Enfield Island Ad

यसअघि पनि केरुङ नाकाबाटै भित्रिएको ८८ किलो सुन काठमाडौंमा पक्राउ परेको थियो । आइतबार पनि महानगरीय प्रहरी प्रभागका प्रहरी निरीक्षक केशव भट्ट नेतृत्वको टोलीले समातेको ६ किलो सुन केरुङबाट भित्रिएको थियो । त्यो सुन स्वीट्रल्याण्डबाट आएको देखिन्छ । त्यसअघि शनिबार पनि नागढुङ्गामै ३ किलो सुन समातियो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले ६ किलो र ३ किलो सुनको मालिकको खोजी भइरहेको बताए । उनका अनुसार ६ किलो सुनको मालिक चिनियाँ नागरिक हुन् । तर काठमाडौंमा भित्रिएपछि त्यो सुन प्राप्त गर्ने व्यक्ति को हुन्, प्रहरीको अनुसन्धान जारी छ । ३ किलो सुनमा दुबइको छाप छ ।

केही समयअघि कञ्चनपुरको महेन्द्रनगर र वीरगञ्जमा बरामद भएको सुनका विषयमा समेत गृहको टोलीले सोधखोज गरिरहेको छ ।  प्रहरीले महेन्द्रनगरबाट आधा किलो र वीरगञ्जबाट एक किलो सुन पक्राउ गरेको थियो । यस्तोमा गोरेबाहेकको ग्याङ सुन तस्करीमा सक्रिय रहेको प्रहरीको दाबी छ । 

तस्करीमा चीनको एयरपोर्ट प्रयोग
पछिल्लो समय ३८ क्वीन्टल सुन तस्करीको अनुसन्धान जारी छ । त्रिभुवन विमानस्थलबाट सुन नै भित्रिँदैन भन्ने कुरा त सरकारी निकायले पूर्णरुपमा स्वीकार गर्न सक्दैन । तर सबैको ध्यान विमानस्थलमा केन्द्रित हुँदा तस्करले केरुङ रुटलाई प्रयोग गरेको हुनसक्ने एसएसपी पोखरेलको तर्क छ ।

एसएसपी पोखरेल भन्छन्, “अवैध सुन दुवई, स्वीट्जरल्याण्ड लगायतका देशबाट चीनको विमानस्थल हुँदै स्थलमार्गबाट नेपाल आएको जस्तो देखिन्छ ।” नेपालमा भित्रिएको धेरैजसो अवैध सुन भारतीय बजारमा जाने गरेको प्रहरी अधिकारी बताउँछन् । प्रतिकिलो सुन ५ लाखबराबरको राजश्व बुझाउनुपर्ने हुन्छ ।

तस्करीको सुन हुँदा राजश्व तिर्न नपर्ने र लाखौंको फाइदाकै लागि सुन तस्करी बढ्दै गएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १९, २०७५  १२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro