site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
को हुन् नागढुंगामा समातिएको ९ किलो सुनका मालिक ? यस्तो छ रसुवा–काठमाडौं–दिल्ली कनेक्सन
SkywellSkywell

काठमाडौं । पछिल्ला दुई दिनमा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले दुईपटक गरी ९ किलो सुन बरामद गर्यो । शनिबार साँझ काठमाडौंबाट कञ्चनपुर जाँदै गरेको भारतीय जीपमा सुन भेटियो भने आइतबार साँझ रसुवाबाट काठमाडौं आउँदै गरेको मोटरसाइकलमा ६ किलो सुन बरामद भयो । ६ किलो सुन बोक्ने १ जना पक्राउ परे भने ३ किलो सुन तस्करीमा ५ जना समातिए जसमा चारजना भारतीय नागरिक छन् । 

“केरुङ नाकाबाट सुन आउँछ भन्ने सूचना आइरहेको थियो, तर फेला पार्न सकेका थिएनौं । पछिल्लो समय प्रहरी सफल भएको छ,”’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले भने । प्रहरी निरीक्षक केशव भट्टको टोलीले फेला पारेको सुन र व्यक्ति आफैं सुनका मालिक भने होइनन् । ६ किलो सुन बोक्ने २३ वर्षीय युवा तेन्जिङ तामाङ भरियामात्रै हुन् ।

तेन्जिङ एक हाइड्रोपावर कम्पनीमा कार्यरत छन् । उनी बेलाबेला घर जान्थे सिन्धुपाल्चोक । आइतबार पनि उनी घर गएर फर्किंदा ६ किलो सुन बोकेर आएका थिए । 
चीन–नेपाल सीमानाको केरुङ नाकाबाट ६ किलो सुन काठमाडौंको स्वयम्भूसम्म ल्याउने जिम्मा लिएका तामाङलाई सुन पुर्याएबापत ५० हजार दिने बताइएको थियो । प्रहरी स्रोतका अनुसार तामाङलाई चिनियाँ नागरिकले सुन दिए पनि सुन कसलाई दिने भन्ने थाहा थिएन । 

KFC Island Ad
NIC Asia

सिन्धुपाल्चोक मार्मिङ– ८ का तेन्जिङ तामाङसँग रोमिङ सुविधा सहितको चाइनिज मोबाइल नम्बर रहेको खुलेको प्रहरी स्रोत बताउँछ । यसले उनी रसुवाबाट वारिपारि गर्ने गरेको पनि देखाउँछ । बा ९५ प ८१६४ नम्बरको मोटरसाइकल लिएर धादिङको गल्छी हुँदै काठमाडौं आउँदै गरेका तेन्जिङलाई पक्राउ पर्दा मालिक भने फेला पर्न सकेका छैनन् । यसअघि ३ किलो सुन कहाँबाट आयो र कसको हो भन्नेमा पनि प्रहरी अनुसन्धान केन्द्रित रहेको एसएसपी पोखरेल बताउँछन् । त्यसो त कैयौं पटकका सुन तस्करीमा भरियामात्रै पक्राउ पर्ने र मालिक पर्दापछाडि नै रहेका कयौं उदाहारण छन् । 

भन्सार ऐन २०६४ को दफा ५७ अनुसार अवैध सुन कारोबारमा १ करोड रुपैयाँ भन्दा बढी ५ करोडसम्मको बिगोमा १ देखि ३ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
यस्तै, शनिबार समातिएको ३ किलो सुन तस्करीमा भारत उत्तराखण्ड चम्फावत जिल्ला टकनपुरका १९ वर्षीय चालक दीपककुमार मौर्य, टनकपुरकै ४५ वर्षीय अशोक कुमार, २५ वर्षीय सञ्जना शाह, ५१ वर्षीय चन्द्रमोहन जोशी र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ वनगाउँका २३ वर्षीय मनोज विक पक्राउ परेका थिए । पक्राउ परेका अशोक कुमार भारतको ‘क’ श्रेणी र सञ्जना ‘ग’ श्रेणीको ठेकेदार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसएसपी पोखरेलले बताए ।

Royal Enfield Island Ad

यस्तो छ रसुवा–काठमाडौं–दिल्ली ‘कनेक्सन’
पछिल्लो समय ३८ क्वीन्टल सुन तस्करीको अनुसन्धान जारी छ । गृह मन्त्रालयले यसबारे विशेष अनुुसन्धान टोली नै गठन गरेको छ । यो प्रकरणमा प्रहरीका उच्च अधिकारीदेखि व्यापारी पनि पक्राउ परेका छन् । ३८ क्वीन्टल सुन तस्करीको अनुसन्धान सुरु भएपछि हवाई मार्ग भएर सुन तस्करी रोकिएको उच्च सुरक्षा अधिकारीको दाबी छ ।

नेपालमा तस्करहरुले सुनका लागि प्रयोग गर्ने मुख्य तीन नाका भनेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, केरुङ–रसुवा र तातोपानी नाका हो । तातोपानी नाका ०७२ को भूकम्पपछि बन्द छ । यस्तोमा तस्करहरुले केरुङ नाकालाई बढी प्रयोग गरिरहेको एसएसपी पोखरेल बताउँछन् । नेपालमा आएको हवाई रुट होस् या स्थलगत रुट, त्यो सुन प्रायः भारतमै खपत हुन्छ ।

एसएसपी पोखरेले तस्करहरुले रसुवा नाका हुँदै काठमाडौं ल्याएको सुन महेन्द्रनगरको ग्ड्डाचौकी नाका हुँदै नयाँ दिल्ली लगायतका स्थानमा जानसक्ने बताए । किनकी ३ किलो सुन र गत जेठमा कञ्चनपुरमा समातिएको ४ सय ९४ किलोग्राम सुन तस्करीमा भारतीय नागरिक नै पक्राउ पर्नुले पनि यसको पुष्टि हुन्छ । तुलनात्मक हिसाबले अन्य भन्सार कार्यालयभन्दा कम चहलपहल हुने पश्चिमी नाका गड्डाचौकी पूर्णरुपमा खुला सीमाना छ ।

नेपाल–भारत सीमा गड्डाचौकीमा चेकजाँचका आधुनिक प्रविधि छैनन् । सबैजसो चेकजाँच हातकै सहारामा गर्नुपर्ने अवस्था छ । कञ्चनपुरको गड्डाचौकीबाट भारतको नयाँदिल्ली नेपालकै सबैभन्दा छोटो दूरीको नाका हो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १८, २०७५  १६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro