site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फ्रान्ससँग पराजित हुँदै अर्जेन्टिना विश्वकपबाट बाहिरियो, मेस्सीको सपना अधुरै

एजेन्सी । फ्रान्ससँग पराजित हुदै अर्जेन्टिना विश्वकप फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलबाट बाहिरिएको छ । विश्वकप फुटबलको पहिलो प्रिक्वाटरफाइनलमा फ्रान्ससँग ४–३ गोलअन्तरले पराजित हुदै अर्जेन्टिना विश्वकपबाट बाहिरिएको हो ।

खेलको १३औं मिनेटमा इन्टोइनी ग्रिज्म्यानले पेनाल्टीबाट गोल गर्दै फ्रान्सलाई १–० गोलको अग्रता दिलाएका थिए । मार्कुस रोजोले आफ्नो डिबक्सभित्र बाप्पेलाई लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट ग्रिज्म्यानले सुन्दर गोल गर्दै अग्रता दिलाएका थिए ।  अर्जेन्टिनाका एन्जल डि मारियाले उत्कृष्ट गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए । उनले खेलको ४१औं मिनेटमा डिबक्स बाहिरदेखि प्रहार गरेको बल गोलमा परिणत गरेका थिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

पहिलो हाफमा दुबै टिमले १–१ गोलको बराबरी खेलेका थिए । दोस्रो हाफमा फ्रान्सले ३ गोल गर्दा अर्जेन्टिनाले भने २ गोल मात्रै गर्न सक्यो ।

खेलको ४८औं मिनेटमा गाब्रियल मेर्काडोले गोल गर्दै अर्जेन्टिनालाई २–१ गोलको अग्रता दिलाएका थिए । उनले कप्तान लियोनल मेस्सीको पासमा गोल गरेका थिए ।

खेलको ५७औं मिनेटमा फ्रान्सले गोल गर्दै २–२ गोलको बराबरीमा पुर्याएको थियो । फ्रान्सका लागि बेन्जामिन पभार्डले गोल गर्दै फ्रान्सलाई बराबरीमा पुर्याएका थिए । त्यसको ७ मिनेटपछि अर्को गोल गर्दै फ्रान्सले ३–२ गोलको अग्रता बनाएको हो । यो पटक भने फ्रान्सका एमबाप्पेले गोल गर्दै ३–२ गोलको अग्रता दिलाएका थिए । एमबाप्पेले खेलको ६८औं मिनेटमा अर्को गोल गर्दै ४–२ गोलको अग्रता दिलाएका थिए । फ्रान्सले ११ मिनेटभित्र ३ गोल गरेको थियो ।


खेलको अतिरिक्त समयमा अर्जेन्टिनाले गोल गर्दै ४–३ गोलको अवस्थामा पुर्याएपनि फ्रान्सलाई रोक्न भने सकेन । अर्जेन्टिनाका लागि सर्जियो अगुएरोले गोल गरेका थिए ।
फ्रान्ससँग पराजित हुदै अर्जेन्टिना विश्वकप फुटबलदेखि बाहिरिएको छ । फ्रान्स विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १६, २०७५  २१:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro