site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपत्यकामा ड्रोनबाट ट्राफिक नियम अनुगमनको तयारी, ट्राफिकको आँखा छलेर नियमविपरीत सवारी चलाए घरबाटै ल्याएर कारवाही 
SkywellSkywell

काठमाडौं । तपाईँ ट्राफिक प्रहरी नभएको मौका छोपेर ट्राफिक नियम मिचिरहनु भएको त छैन ? यदि त्यस्तो गर्दै हुनुहुन्छ भने तपाईँलाई ट्राफिक प्रहरीले घरबाटै ल्याएर पनि कारबाही गर्न सक्नेछ ।

काठमाडौं उपत्यकामा जडान गरिएका सीसीटीभी क्यामेरामा कैद गरिएका दृश्यका आधारमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले त्यस्ता चालक/सवारीलाई कारवाही प्रक्रिया अगाडि बढाएको हो । महाशाखाले ट्राफिक नभएको बेला लेन मिच्ने लगायतका निमय उल्लंघन गरेका ९ हजार बढी व्यक्तिलार्ई सीसीटीभीकै फुटेजका आधारमा कारवाही गरिसकेको छ ।

महाशाखाका निमिक्त प्रमुख एसएसपी वसन्तकुमार पन्तका अनुसार ट्राफिक प्रहरीको अनुपस्थितिमा लेन मिच्ने क्रम बढेको पाइएको बताए । विभिन्न स्थानमा जडित क्यामेराबाट २ हजार ३२ र अन्य क्यामेराको सहयोमा ७ हजार ३८ जनालाई कारवाही गरिएको छ ।
उनले भने, “राम्रै शिक्षित व्याक्तिहरुबाटै नियम मिचेको पाइन्छ । यस्तो कार्य निरुत्साहित गर्न विशेष सचेतना कार्यक्रम ल्याउँदैछौं ।”

KFC Island Ad
NIC Asia

एसएसपी पन्तले उपत्यकाका विभिन्न स्थानमा जडान भएको सीसीटीभी र तिनै क्यामेराबाट महानगरीय प्रहरी कार्यालय रानीपोखरी र ट्राफिक महाशाखाले नियम मिच्नेको अनुगमन गरिरहेको बताए । उनले भने–“क्यामेरामा कैद दृश्य हेरेर यातायत व्यवस्था विभागबाट सवारी साधनको नम्बर र टेलिफोन नम्बर पत्ता लगाउँछौं । पहिले ति व्यक्तिलाई आग्रह गर्छौँ । नआए प्रहरी लगाएर समातेर ल्याँउछौं ।”

एसएसपी पन्तले अहिले ट्राफिक प्रहरीले प्रयोग गर्ने हेल्मेट, गाडी लगायतमा पनि क्यामेरा जडान गरिएको बताए । त्यस्ता क्यामेरामा पनि नियम मिच्नेहरुको भिडियो कैद हुन्छ ।  एसएसपी पन्तले यस्ता क्यामेराको सहयोगबाट आर्थिक वर्ष ०७४–०७५ को जेठसम्म ७ हजार ३८ सवारी साधनका चालकलाई कारवाही गरिएको बताए । 

Royal Enfield Island Ad

यस्तो नियम मिच्ने ३ सय ५० टेम्पो चालकलाई पनि कारवाही गरिएको छ ।

यस्तै क्षमताभन्दा बढी यात्रु कोच्ने १२ सय ८२ माइक्रोबस पनि कारवाहीमा परेको एसएसपी पन्तले बताए । एसएसपी पन्तले उपत्यकामा हाल ३ सय ५० ट्राफिक प्रहरीको दरबन्दी रहेको र यो प्रर्याप्त नभएको बताए । 

ड्रोनबाट ट्राफिक व्यवस्थापनको अनुगमनको तयारी
 

महाशाखाका एसएसपी पन्त नेपालमा पनि ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग बढेको बताए । “सीसीटीभीको प्रयोग व्यापक गरेका छौं, अब आधुनिक प्रविधिहरु पनि बढाइरहेका छौं, सम्भवतः ड्रोन क्यामेराको प्रयोग छिट्टै हुन सक्छ,” बाह्रखरीसँगको कुराकानीमा उनले भने ।

मालबाहक ट्रकलाई रिङरोङभित्र छिर्न निश्चित समय

मालबाहक ट्रक जतिबेला पनि चक्रपथभित्र छिर्ने भएकाले पनि ट्राफिक जाम बढेको एसएसपी पन्त बताउँछन् । उनले ट्रकलाई अब जतिबेला पनि चक्रपथभित्र प्रवेश गर्ने क्रम रोक्न लागिएको बताए । उनले भने, “अब निश्चित समय तोकेरै अब मालवाहक ट्रक, ट्रिपरलाई चक्रपथभित्र प्रवेश गराउँछौं, अन्य समयमा चक्रपथ बाहिरै पार्किङ गर्न लगाउँछौं । यसले ट्राफिक व्यवस्थापनमा ठूलो सहयोग पुग्छ ।”
फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०७५  ०८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro