site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कसरी खोजिँदैछ गोरे, भुजुङ र छिरिङको अवैध सम्पत्ति ? विदेशमा भएको पनि ल्याउन सकिने
SkywellSkywell

काठमाडौं । ३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’ तथा सुन तस्करीका अन्य दुई अभियुक्त राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गरुङ र छिरिङ वाङ्देल गुरुङमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु भएको छ ।

सोमबार विराटनगरबाट काठमाडौं ल्याइएका उनीहरुमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गर्न लागेको हो । उनीहरुले अवैध सुन तस्करीबाट आर्जन गरेको अवैध सम्पत्तिको मात्र अनुसन्धान गरिने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका निर्देशक विनोद लामिछानेले बताए । अनुसन्धानबाट प्रमाण खुलेमा उनीहरुमाथि विशेष अदालतमा मुद्दा दर्ता हुनेछ । 

KFC Island Ad
NIC Asia

अवैध कारोबारबाट कमाएको सम्पत्ति प्रमाणित भएमा त्यो सम्पत्ति राज्यले जफत गर्न पाउने कानुनी व्यवस्था छ । उनीहरुमाथि सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दोस्रो संशोधन २०७० अनुसार अनुुसन्धान प्रक्रिया अगाडि बढ्नेछ । 

विभागका निर्देशक लामिछानेले भने, “सम्पत्तिको अनुसन्धान निकै जटिल अनुसन्धान हो, यसका लागि विशेष छुट्टै कमिटी गठन हुन्छ । अनुसन्धानबाट सम्पत्ति नदेखिए केही हुँदैन । अनुसन्धान गोप्य रहन्छ ।” 

Royal Enfield Island Ad

अनुसन्धानका क्रममा उनीहरुको सम्पत्तिको स्रोत, लगानीका क्षेत्र, बैंक खातालगायत नेटकर्वमा रहेका सबैमाथि अनुसन्धान हुनेछ । अनुसन्धानका क्रममा नयाँ तथ्य पनि बाहिर आउनसक्ने निर्देशक लामिछाने बताउँछन् । अवैध सम्पत्तिको लाभ लिनेहरुमाथि पनि अनुसन्धान हुने उनले बताए । देशभित्र रहेको सम्पत्तिको अनुसन्धान गर्न केही सहज भए पनि विदेशमा भएको सम्पत्तिबारे अनुसन्धान गर्न भने सहज हुँदैन । लामिछाने भन्छन्, “विदेशमा वा विदेशी बैंकमा रहेको अवैध सम्पत्ति पनि पारस्पारिक साहयतासम्बन्धी ऐनअनुसार अन्य मुलुकसँग सहमति गरेर त्यस्तो सम्पत्ति नेपाल भित्र्याउन सकिन्छ ।” 

काठमाडौं ल्याइएका गोरेलगायतका तीनजनासँग पहिलो चरणको अनुसन्धान हुनेछ । उनीहरुलाई आवश्यक परेको बेला बयानका लागि बोलाउन सकिने र यस्तो अनुसन्धान लामो समयसम्म पनि जानसक्ने निर्देशक लामिछाने बताउँछन् । तीनैजनालाई केन्द्रीय कारागार पठाइएको छ ।  

सुन तस्करी र सनम शाक्यको हत्या अनुसन्धान गरिरहेको सरकारी समितिले गोरेको समूहले १७ अर्बभन्दा बढी रकमको सुन अवैध तस्करी गरेको दाबी निष्कर्ष निकालेको छ । काठमाडौं ल्याइएका तीनैजनासँग गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले समेत थप बयान लिने तयारी गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २८, २०७५  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro