site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंको तापक्रम ८ डिग्री सेल्सियस, कहाँको कति ?
फाइल तस्बिर ।

काठमाडौं । पछिल्लो समय देशभरको तापक्रम दिनहुँजसो घटिरहेको छ । चिसो बढेसँगै तापक्रममा गिरावट आएको हो ।

सोमबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ०८१ साल सुरु भएयता काठमाडौंमा मापन गरिएको मध्ये यो कम तापक्रम हो ।

आइतबार (हिजो) सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस थियो । शनिबार (अस्ति) काठमाडौंको न्यूनतम तापक्रम ९.३ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाले सोमबार बिहान सार्वजनिक गरेको देशका १६ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –४.७ डिग्री सेल्सियस छ । आइतबार जुम्लाको न्यूनतम तापक्रम –३.८ डिग्री सेल्सियस थियो । शनिबार जुम्लाको न्यूनतम तापक्रम –३.१ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । यही मंसिर ४ गते जुम्लाको न्यूनतम तापक्रम –४ डिग्री सेल्सियस थियो ।

सोमबार डडेलधुराको न्यूनतम तापक्रम ५.९, ताप्लेजुङको ७.८, वीरेन्द्रनगरको ८.७, ओखलढुंगाको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस मापन गरिएको छ । आइतबार डडेलधुराको न्यूनतम तापक्रम ६, ताप्लेजुङको ९.५, वीरेन्द्रनगरको ८.३, ओखलढुंगाको न्यूनतम तापक्रम ९.१ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ मा मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।

तापक्रमको विवरण हेर्नोस्–

adfsg-1732505985.jpg
 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  ०९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro