site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रजित केसी ‘नक्कली इन्काउन्टर’ गर्न जाने, गोरेले डीआईजी बनाइदिने ! किन गरिन्थ्यो सबै अडियो रेकर्ड ?
SkywellSkywell

काठमाडौं । माघ ९ गते काठमाडौं भित्रिएपछि गायब भएको भनिएको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरण अझै सेलाउन सकेको छैन ।  गृह मन्त्रालयले बनाएको विशेष अनुसन्धान टोलीको म्याद जेठ मसान्तसम्म भए पनि थप गर्ने तयारी गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।

समितिले जारी राखेको अनुसन्धानमा एकपछि अर्को विषय थप हुँदै गएको छ । तस्करी र उनीहरुलाई सहयोग गर्ने प्रहरीले सबै घटनाको अडियो प्रमाणस्वरुप राखेको पाइएको छ । बाह्रखरीलाई प्राप्त अडियोमा सनम शाक्यको हत्यापछि अपराध महाशाखाका डीएसपी प्रजित केसीसहितको टोली तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेसहितको टोलीलाई ‘नक्कली इन्काउन्टर’ गर्न गएको पुष्टि हुन्छ ।

यस्तो छ, एसएसपी दिवेश लोहनी र डीएसपी प्रजित केसीबीचको कुराकानी 

KFC Island Ad
NIC Asia

 

Royal Enfield Island Ad

उता डीएसपी केसी र गोरेबीचको कुराकानीको अडियोमा गोरेले आफूलाई सहयोग गरेमा डीआईजी बनाइदिने आश्वासन दिएका छन् । गोरेले भनेका छन्– ल म तपाईँलाई डीआईजी बनाइदिउँला, सिद्दियो !’

डीएसपी केसी र गोरेबीच भएको टेलिफोन वार्ता 

 

यी मात्रै होइन, अन्य अडियो पनि सार्वजनिक भएका छन् । डीएसपी केसीसँग गोरेकी श्रीमतिले गरेको कुराकानी होस् वा अन्य । सबै अडियो सुरक्षित छन् । त्यसबाहेक एसएसपी लोहनीले बमबहादुर भण्डारीसँग गरेको कुराकानी यसअघि नै सञ्चारमाध्यममा सार्वजनिक भएको थियो ।
‘गोरे’ ले आफ्ना पूर्व लेखा सहयोगी सनम शाक्यलाई निर्मम यातना दिएको भिडियो पनि सार्वजनिक भएको थियो । त्यही भिडियो विशेष अनुसन्धान टोलीका लागि घटनाको जरोसम्म पुग्ने र तथ्य पत्ता लगाउने गतिलो आधार बनेको स्रोत बताउँछ ।  गत माघ ९ गते युएइबाट नेपाल भित्रिएको भनिएको साढे ३३ किलो सुन हराएपछि गोरे र उनको समूहले सुन लुकाएको आरोपमा सनमसहित अन्य केहीलाई यातना दिएका थिए । यातनाकै कारण फागुन १८ गते सनमको मृत्यु भएको थियो । 

भिडियोमा चूडामणि उप्रती ‘गोरे’ आफैँ यातना दिन आदेश दिइरहेका छन् भने आफैँ पनि करेन्ट लगाइरहेका थिए । गोरेका मुख्य सहयोगी राम तिवारी र गोरेबीचको अडियो र डिएसपी केसी र गोरेबीच भएका कुराकानी सबै चर्चामा छन् ।
योसँगै सई बालकृष्ण सञ्जेल र गोरेबीचको कुराकानी अडियो पनि सार्वजनिक भएको थियो ।

यतिधेरै अडियो र भिडियो कसरी सार्वजनिक भइरहेका छन् ? किन सबै अडियो र भिडियो सुरक्षित राखिएको थियो त ? गोरेको भिडियोपछि एकपछि अर्को अडियो कल सार्वजनिक भएका छन् । सार्वजनिक भएका अडियोले नै घटनालाई नयाँ मोडमा पुर्याइदिएको छ । टोलीका एक सदस्यले बाह्रखरीसँगको कुराकानीमा भन्छन्, “अपराधिक कार्य गर्न उद्यत सबैलाई आफु पछि फसिने डर देखियो । त्यसैले आफु फसे अरुलाई पनि फसाउने नियतले अडियो बनेको देखिन्छ ।”

उनका अनुसार प्रजित केसीले समिति र अदालतमा दिएको बयानमा प्रहरीभित्र चेन अफ कमान्ड हुने हुँदा सोहीअनुसार चलेको दाबी पेस गरेका थिए । उनले प्रमाणस्वरुप आफ्नो मोवाइलमा रहेका अडियो दिएको स्रोतको दाबी छ ।

“अहिलेसम्म पक्राउ परेका र फरारको सूचीमा रहेका धेरैजना भरियाको काम र सहयोग गर्ने देखियो,” समिति स्रोत भन्छ, “सुन हराइसकेपछि खोजबिन जारी राखेको प्रमाण लगानीकर्तालाई बुझाउनुपर्ने अवस्था रहेको देखिन्छ । त्यसैले पनि धेरै प्रमाण सुरक्षित राख्ने गरेको देखिन्छ ।”

सार्वजनिक भएका सबैजसो अडियो ल्याव परीक्षणबाट प्रमाणित गरिएको समिति स्रोत बताउँछ । “आफु फस्ने खतरा बढेपछि अभियुक्तहरुले नै अडियो सार्वजनिक गरेको पनि देखियो,” टोलीका सदस्य भन्छन् । 

अडियो रेकर्ड दिवेश लोहनी, गोरे, प्रजित केसी, बालकृष्ण सन्जेल लगायतले गरेको देखिन्छ । लोहनीले त निमित्त एआइजी भण्डारीसँग अनुमति माग्दै गरेको कल नै रेकर्ड गरेका छन् । तर पछि लोहनीसँगको कुराकानी डीएसपी प्रतिज केसीले पनि गरेका छन् ।
सबै रेकर्डहरुबाट उनीहरुको नियतमा खोट देखिएको समिति स्रोत बताउँछ ।

अडियोहरुबाट आफुहरुलाई अनुसन्धान गर्न सहज भएको टोलीका सदस्य बताउँछन् । अनुसन्धान टोलीले पक्राउ परेका सबैजसो अभियुक्तहरुसँगको बयानको भिडियो नै बनाएको स्रोत बताउँछ । अनुसन्धान टोलीका सदस्य भन्छन्–‘अडियो भिडियोले नै धेरैलाई डुबायो ।’

गोरेले किन बनाए भिडियो ?

जिल्ला सरकारी वकिलको कार्यालय मोरङका मुख्य न्यायाधिवक्ता पुण्यप्रसाद पाठकका अनुसार गोरेलगायतको समूहले हरेक घटनाहरुको भिडियो बनाउने गरेको पाइएको छ ।  सुन हराएपछि आत्तिएका गोरेले सुनमा लगानी गर्नेहरुलाई आफूले सुन खोज्न मेहनत गरेको भनेर देखाउन पनि यो भिडियो बनाएका थिए । सुनमा लगानी गर्नेहरुलाई दैनिक ‘भिडियो’ पठाइन्थ्यो । गोरेको समुहको त्यो दैनिक कार्यप्रगति विवरणजस्तै थियो । अहिलेसम्मको अनुसन्धानमा उक्त सुनमा एमके अग्रवालले लगानी गरेको खुलेको छ । अग्रवालको खोजी जारी राखे पनि उनी अहिलेसम्म सम्पर्कमा छैनन् । उनको निवासमा शुक्रबार समितिले छापा मारेर केही कागजात र सरसामान बरामद गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०७५  ०८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro