site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोरेका लागि सेटिङ मिलाउँथे राम तिवारी ! कसरी बने सामान्य व्यापारीबाट करोडपति ?
SkywellSkywell

काठमाडौं । सनम शाक्य हत्या र ३८ क्वीन्टल सुन तस्करीको अनुसन्धान गर्न गठित विशेष अनुसन्धान समितिले चूडामणि उप्रेती ‘गोरे’का विश्वासपात्र भनिएका राम तिवारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सनमको हत्यालगत्तै पनि पनि तिवारीलाई अनुसन्धान समितिले नियन्त्रणमा लिएको थियो । तर त्यतिबेला उनको गोरेसँगको संग्लनता पुष्टि हुन नसकेपछि आवश्यक परेको बेला बोलाउने भनेर कागज गरेर छाडियो । त्यसपछि उनी उपचारका लागि भन्दै दक्षिण कोरिया गए । अनुसन्धान समितिले तिवारीमाथि निगरानी राखेकै थियो ।  

जेठ २२ मा कोरियाबाट फर्कंदै गर्दा तिवारी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरबाटै पक्राउ परे । गोरेको मोबाइलमा राम तिवारी र गोरेको टेलिफोन संवाद भेटिएपछि तिवारी पक्राउ परेका हुन् । जुन संवादमा तिवारीसँग गोरेले लेनदेनलगायत सुनको कुरा गरेका छन् । यतिमात्रै होइन, गोरेले अपराध महाशाखाका तत्कालीन डिएसपी प्रजित केसीसँगको कुराकानीमा पनि सनमको शव व्यवस्थापन गरेबापत दिने भनेको २ करोडमध्ये ५० लाख तिवारीले दिने उल्लेख गरेका थिए । त्यही अडियो प्रमाणबाट तिवारी पक्राउ परेका हुन् । 

KFC Island Ad
NIC Asia

को हुन् राम तिवारी ?
झण्डै ४२ वर्षका तिवारी एक कक्षा पनि औपचारिक अध्ययन नगरेका व्यक्ति हुन् । तिवारी काभ्रेको नमोबुद्ध गाउँपालिकास्थित मेथिनकोटका स्थायी बासिन्दा हुन् । हाल उनको काठमाडौं गौरीघाटस्थित गोरेको घर नजिकै भव्य बंगला छ । सुरुमा उनी सामान्य कपडा व्यापारी थिए । 

त्यसपछि उनले कपडाको व्यापार छाडेर ‘गुण्डा नाइके’ गणेश लामासँग पाटर्नरसीपमा  सिन्धुपाल्चोकमा क्रसर उद्योग सञ्चालन गरे । तिवारी २०५० को दशकमा काठमाडौं छिरे । त्यसपछि गोरेको सम्र्पकमा जोडिएका तिवारीले घरजग्गा कारोबार गर्न थाले । त्यसमा उनले गोरेको पैसा लगानी गर्ने, मिटरव्याजमा पैसा लगाउन थाले । अनुसन्धान समितिका एक सदस्य भन्छन्, “तिवारीले पछिल्लो समय गोरेको सबै कारोबार हेर्थे, करोडौंको डिल तिवारीले नै गर्ने गरेका थिए । सनमले त हिसाब मात्रै राख्थे । गोरेले पनि तिवारीलाई सबैभन्दा बढी विश्वास गरेको देखिन्छ ।”

Royal Enfield Island Ad

समितिका सदस्यका अनुसार गोरेका लागि जमिन खरिद गर्ने, विभिन्न नातागोताका नाममा विभिन्न क्षेत्रमा लगानी गर्ने जिम्मा तिवारीले नै लिएका थिए । अहिले तिवारीसँग करोडौंको सम्पति भएको समितिको दाबी छ । एक सदस्य भन्छन्, “अहिले ऊ समान्य उपचार गर्न पनि कोरिया पुग्ने हैसियत राख्छ । काठमाडौँको कालोपुलमा रेनो गाडीको सर्भिस सेन्टर पनि  छ । तर त्यसलाई उनले भाडामा दिएका छन् । दुईवटा विवाह गरेका तिवारीका ४ सन्तान छन् । दुई श्रीमतीमध्ये एक कोटेश्वर र अर्की गौरीघाटमा बस्दै आएका छन् ।” अनुसन्धान समितिले तिवारीको नाममा करोडौंको जमीन, गाडीलगायत सम्पति भेटिएको दाबी गरेको छ । 

कर्मचारीदेखि न्यायाधीशसम्म ‘सेटिङ’ मिलाउँथे तिवारी
तिवारीलाई काठमाडौंबाटै सार्वजनिक अपराध ऐनमा मुद्दा चलाउन अनुसन्धान भइरहेको बताइएको छ । तिवारीले बयानमा क्रममा गोरेसँग आफ्नो चिनजान भएको केही वर्षमात्रै भएको बताएका छन् । तिवारीले गोरेलाई समस्या पर्दा प्रहरीका उच्च अधिकारी, न्यायाधीश र केही उच्च कर्मचारी अधिकारीसम्मको सेटिङ मिलाउने काम गर्थे ।

तिवारीको अनुसन्धानपछि सुन तस्करीको थप रहस्य बाहिर आउने समितिको विश्वास छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०७५  ११:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro