site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अनामनगरबाट हराएको साढे ३३ किलो सुन भेटिनेमा समिति विश्वस्त, अभियुक्त आफैं अदालत जाँदा अनुसन्धान पेचिलो
SkywellSkywell

काठमाडौं । गत माघ ९ गते युएईबाट अवैध रुपमा ल्याइएको साढे ३३ किलो सुन फेला पर्नेमा अनुसन्धानमा खटिएको टोली विश्वस्त रहेको पाइएको छ । अनामनगरबाट गायब भएको भनिएको साढे ३३ किलो सुन र त्यसैसँग जोडिएर सनम शाक्यको हत्या भएपछि सुन र सनमकाण्ड बाहिर आएको थियो ।

हराएको सुन व्यापारी एमके अग्रवालको भएको पक्राउ परेकाले बयानका क्रममा र अनुसन्धान समितिले पनि उनैको भएको निष्कर्ष निकालेको छ । सुन व्यवस्थापनको जिम्मा चुडामणि उप्रेती ‘गोरे’को थियो । मोरङ जिल्ला अदालतमा सुन तस्करी र सनम हत्यालाई जोडेर संगठित अपराध ऐन अन्र्तगत मुद्दा चलिरहेको छ ।

तर अहिलेसम्म हराएको सुन फेला नपार्दा समितिको अनुसन्धान प्रक्रियामाथी औँला ठडिएपछि समितिले पनि हराएको भनिएको साढे ३३ किलो सुनको नजिक अनुसन्धान पुगेको बताएको छ । यद्यपी सुन फेला नपरेसम्म केही बताउन नसकिने समिति स्रोत बताउँछ ।

KFC Island Ad
NIC Asia

गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष अनुसन्धान टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा मुख्य अभियुक्त भनिएका गोरेसहित उच्च प्रहरी अधिकारी दिवेश लोहनी, श्याम खत्री,  विकासराज खनाल, संञ्जय राउत लगायतका ३१ जना पूर्पक्षका लागि थुनामा छन् । सुन लगानीकर्ता एमके अग्रवालसहित २९ जना अझै फरार सूचीमा छन् । तर गत माघ ९ गते युएई हुँदै त्रिभुवन विमानस्थलबाट बाहिरिएको भनिएको साढे ३३ किलो सुन कहाँ छ त ? यो चासोको विषय बनेको छ । 

साढे ३३ किलो सुन भेट्टिन्छः अनुसन्धान टोली
 

Royal Enfield Island Ad

गत माघ ९ गते भित्रिएको भनिएको साढे ३३ किलो सुन भेटिनेमा अनुसन्धान टोली विश्वस्त देखिन्छ । सुन तस्करीमा संग्लन व्यक्तिहरु समातिँदा पनि सुन किन समातिएन त भन्ने बाह्रखरीको प्रश्नमा टोलीका एक सदस्य भन्छन्, “सुन बेचिएको, पगालिसकेको छैन । हामीले गरेको अनुसन्धानमा सुन अहिलेसम्म पनि काठमाडौंमै छ । सुन ढिलो चाँडो फेला पर्नेमा हामी विश्वस्त छौं ।”

सुन लुकाइएको सम्भावित स्थान र व्यक्तिका बारेमा अहिले अनुसन्धान जारी रहेको ती सदस्यले बताए । टोलीले विभिन्न कोणबाट खोजी र अनुसन्धान गरिरहेको बताउँदै ती सदस्यले भने, “अब सुन लुकाउने समूहले सुन बेच्ने अवस्था छैन । हामी निकै नजिक छौं ।”
टोलीले गोरेकै समूहले विभिन्न समयका ३८ क्वीन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो ।

उच्च प्रहरी अधिकारी र नेताहरुको पनि पोल खुल्छः टोली

अनुसन्धान टोलीका ती सदस्यका अनुसार ‘ठुला माछा’ भनिएका ठुला नेता र उच्च प्रहरी अधिकारीको संग्लनताको ‘कनेक्सन’ टोलीले केलाइरहेको छ । अभियुक्तहरु थप अनुसन्धान हुने डरले आफैँ अदालतमा उपस्थित भएपछि अनुसन्धान भने थप पेचिलो बनेको ती सदस्यको तर्क छ । उनी भन्छन्, “यो तस्करीको अनुसन्धानको परिणाम राज्यले खोजेको हो । त्यसैले हामी कुन कानुनी बाटोबाट उनीहरुमाथी अनुसन्धान गर्न सकिन्छ त्यो छलफल गरिरहेका छौं ।”

टोलीले उनीहरुमाथी अन्य अभियोग पनि रहेको र कतिपयलाई काठमाडौं ल्याएर मुद्दा चलाउने अवस्था पनि रहेकोबारे तयारी गरिरहेको छ ।

समितिका एक सदस्य भन्छन्, “‘गोरे, श्याम, भुजुङ, छिरीङ, गोविन्द, सञ्जय सबैलाई सँगै राखेर अनुसन्धान गर्दा ‘ठूला माछा’ को नाम सम्भवतः  खुल्छ । त्यतिबेला केही नेता र उच्च प्रहरी अधिकारीको संग्लनता खुल्न सक्ने हाम्रो अनुसन्धानले देखाएको छ ।”

टोलीले सुन तस्करीमा राजनीतिक संग्लनतालाई अस्वीकार गर्न सक्ने अवस्था नरहेको निष्कर्ष निकालेको छ । “यस्तो ठुलो तस्करीमा नेता, सरकारका प्रतिनिधिको संग्लनता छैन भनेर पत्याउन मुस्किल पर्छ,” ती सदस्यले बाह्रखरीसँगको कुराकानीमा भने ।

अन्य अभियुक्त पनि अदालतमा आत्मसर्मपण गर्न सक्छन् : टोली 

अनुसन्धान टोलीले फरार रहेका अन्य अभियुक्तहरु पनि अदालतमा स्वयम् उपस्थित हुनसक्ने आँकलन गरेको छ । आत्मसर्मपण गर्दा विशेष अनुसन्धान टोलीको अनुसन्धानबाट बच्न सकिने भन्दै उनीहरु अदालत उपस्थित हुन सक्ने टोलीको आँकलन छ । यस्तोमा सर्वाधिक खोजीमा रहेका एमके अग्रवाल, गोरेका भाई रमेश उप्रेती लगायत पनि आफैं उपस्थित हुनसक्ने टोलीका सदस्य बताउँछन् । 

भाइबर, फेसबुक र टेलिफोनबाट जानकारी
 

गृह मन्त्रालयमै कार्यालय रहेको अनुसन्धान टोलीले अनुसन्धानका लागि टोली फिल्डमा निरन्तर खटाएको समिति बताउँछ । नयाँ कुरा र तथ्य आउँदा इमो, भाइबर, फेसबुक र टेलिफोनबाट समेत तत्काल जानकारी दिइने गरिएको छ । टोलीले विभिन्न निकायको सहयोग पनि लिइरहेको जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०७५  १०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro