site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रहरीका पूर्वअधिकारी भन्छन् : समितिको अनुसन्धान त्रुटीपूर्ण, प्रहरीले अपरेसन कसरी गर्ने ?
SkywellSkywell

काठमाडौं । गायब भएको साढे ३३ किलो सुन र सनम शाक्यको हत्या प्रकरणको छानबिन गर्न गठित समिति र अनुसन्धानबारे तीनजना पूर्व प्रहरी अधिकारीले प्रश्न उठाएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रमा पूर्वएआइजी राजेन्द्रसिँह भण्डारी, डीआइजी हेमन्त मल्ल र रमेश खरेलले समितिको त्रुटि, प्राविधिक कमजोरी लगायतका विषयमा टिप्पणी गरेका हुन ।

छानबिन समिति चुक्योः पूर्वएआइजी भण्डारी

पूर्व एआइजी राजेन्द्रसिँह भण्डारीले सरकारले सिण्डिकेट र अपराधविरुद्ध थालेको अभियान सकारात्मक भएपनि अनुसन्धानमा केही त्रुटी भएको बताए । उनले प्रहरीका कतिपय ‘अण्डरकभर’ अनुसन्धान गर्दा लक्ष्यमा पुग्न प्रहरीले अनेक रणनीति बनाउने गरेको भएपनि त्यता समितिको अनुसन्धान नगएको तर्क गरे । 

KFC Island Ad
NIC Asia

उनले अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनीलाई पक्राउ गर्न हतारो गरिएको र उनलाई मौका समेत नदिइएको बताए । उनले भने– ‘पक्राउ परेका कसैले पनि लोहनीको नाम लिएको देखिँदैन । संकलन भएका तथ्य र प्रमाणले पनि दिवेशलाई चिनेको छैन । यस्तोमा अवस्थामा हतारो गरियो ।” 

“लोहनी एक सक्षम प्रहरी अधिकारी हुन्, यस्तो विषयमा प्रहरी संगठन पनि बोल्नुपथ्र्यो, तर त्यस्तो देखिएन,” भण्डारीले भने । उनले काम गर्दा कतिपय प्राविधिक कमजोरी भएको भए प्रारम्भमा आन्तरिक छानबिन हुनुपर्ने तर्क गरे । राम्रा प्रहरी अधिकारीलाई हतारमा कारबाहीको गलत नियतले अनुसन्धान गर्न प्रहरीको अपराध अनुसन्धान गर्ने चरित्र गुम्ने उनले बताए । प्रहरीको अनुसन्धान चरित्र बचाउन संगठन र सम्बन्धित निकायले सोच्नुपर्ने उनको तर्क छ । उनले प्रहरी अधिकारीको अनुसन्धानमा शंका लागे छुट्टै संयन्त्र वा आयोग गठन गरेर निश्पक्ष छानबिन गर्न सकिने बताए ।

Royal Enfield Island Ad

अब प्रहरीले जोखिम मोल्न डराउँछ : पूर्वडीआइजी हेमन्त मल्ल

पूर्वडीआइजी हेमन्त मल्ल पनि अनुसन्धान समितिको कार्यप्रति सन्तुष्ट छैनन् । उनले भने,“‘कपिपय अवस्थामा प्रहरीले कयौं अभियुक्तलाई देखेपनि समात्दैन, किनभने उनीहरुको माध्यमबाट अपराधीको माथिल्लो जालोमा प्रहरी पुग्न चाहन्छ तर पछि समात्छ ।”
आफु कयौं अनुसन्धानमा संग्लन रहेको अनुभव सुनाउँदै उनले थपे– “मैले पनि कयौं घटनाको अनुसन्धानको क्रममा बार्गेनिङ गरेको छु, तर यस्तो गर्दा माथिल्लो निकायलाई विश्वासमा लिनुपर्छ ।”

आफुसँग अहिले पनि कयौं अपराधिक घटनामा जोडिएकाहरु सम्र्पकमा रहेको र पुरानो कल डिटेल हेर्दा पनि त्यो भेटिने उनको भनाई छ । कतिपय अति गोप्य अनुसन्धान गर्दा प्रहरीले विभिन्न रुपधारणसँगै रणनीति बनाउनुपर्ने अवस्था आउने उनी बताउँछन् । उनले दिवेश लोहनी, प्रजित केसी, सइ बालकृष्ण सञ्जेल आफुसँग काम गर्न साहसीक र इमान्दार प्रहरी अफिसर भएको अनुभव सुनाए । 

“विशेष जोखिम मोलेर काम गर्ने प्रहरी अधिकारी कतिपय अवस्थामा अलि छाडा, अलि नियम नमान्ने हुन्छन्, यसलाई मेन्टेन गर्नुपर्छ,”मल्लले भने ।

उनले अनुसन्धानमा दखल राख्ने राम्रा प्रहरी अधिकारीको बचाउ संगठनले गर्न नसकेकोमा दुःख व्यक्त गरे । 

उनले ‘स्पेशल टाक्स फोर्स’ को माग पनि गरे । अनुसन्धान समितिमा रहेकाहरुलाई अनुसन्धान अनुभव नभएको मल्लको पनि जिकिर छ । सरकारले गम्भीर घटनाको अनुसन्धान गर्दा पूर्व अनुभवप्राप्त अधिकारीको सहयोग पनि लिनसक्ने बताए । 

म आफैँ चरेश बोकेर गएँ : पूर्वडीआइजी रमेश खरेल
 

पूर्वडीआइजी रमेश खरेलले त छानबिन समितिका संयोजक ईश्वरराज पाैडेललाई नै कुनै अनुभव नभएको आरोप लगाए ।  छानबिन समितिको अनुसन्धान पूर्वाग्रही भएको उनी बताउँछन् । प्रहरी अधिकारीलाई फसाउन सहयात्री व्याच र माथिल्लो निकायकै अधिकारी लागेको उनको दाबी छ । 

प्रहरीको चरित्र र अनुसन्धान जोगाउने कि नजोगाउने भन्ने विषय नै गम्भीर बनिसकेको उनको धारणा छ । अनुसन्धान गर्दा अपराधीलाई पनि साथी बनाउनुपर्छ भन्दै उनले भने, “एकचोटी सादा पोसाकमा माथिल्लो अपराधी समात्न म आफैँ ७ किलो चरेश बोकेर गएको छु ।”

खरेलले तत्कालीन आइजीपी प्रकाश अर्याललाई प्रहरी अधिकारीको सबै भूमिकाबारे जानकारी भएको बताउँदै उनले मुख नखोल्नु लज्जास्पद भएको बताए । सरकार र संगठन प्रमुख जिम्मेवार नभए प्रहरी संगठनको चरित्र समाप्त हुने उनी बताउँछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २०, २०७५  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro