site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालकृष्ण ढुङ्गेलसहित एक हजार कैदीलाई आम माफी दिने सरकारको तयारी, कार्यविधि भन्छ– हत्या अपराधमा मिल्दैन
SkywellSkywell

काठमाडौं । सरकारले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जेल सजाय भोगिरहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेलसहित एक हजार जनालाई आममाफी दिने तयारी गरेको छ ।
जेठ १५ गते गणतन्त्र दिवसमा राष्ट्रपतिबाट उनीहरुलाई आममाफी दिने तयारी भएको हो । 

कारागार व्यवस्थापन विभागका एक उच्च अधिकारीका अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले हरेक वर्ष ऐन–नियमअनुसार केही कैदी बन्दीलाई आम माफी दिँदै आएको छ । 

कारागार व्यवस्थापन विभागका ती उच्च अधिकारीले बाह्रखरीसँगको कुराकानीमा भने– यो वर्ष पनि हामीले बालकृष्ण ढुङ्गेलसहित एक हजार जनाको नाम गृहमन्त्रालयमा पठाउँदैछौं । सरकारले कतिलाई माफीका लागि सिफारिस गर्छ त्यो भन्न सकिँदैन ।”
यस्तोमा राजनीतिक बन्दी, जेष्ठ नागरिक, रोगी र अनुसासनको पालना गरेकासँगै ४० प्रतिशत भन्दा बढी कैद सजाय भोगिसकेका पर्छन् । 

KFC Island Ad
NIC Asia

सजाय माफी, मुलतवी, परिवर्तन वा कम गर्ने कार्यविधी २०७१ ले कसैले आफुलाई भएको सजाय माफी, मुलतवी, परिर्वतन वा कम गराउन चाहेमा कारण खुलाई निवेदन दिन सक्ने उल्लेख छ । तर भ्रष्टाचार, जबर्जस्ती करणी, सरकारी कीर्ते, संगठीत अपराध, युद्ध अपराध, क्रुर हिंस्रक वा विभत्स तरिकाले गरिएको हत्या, लागु औषध लगायतका अपराधमा सजाय कम नहुने कार्यविधिमै उल्लेख छ । 

यस्तोमा माओवादी नेता ढुङ्गेलको विषयलाई कसरी समेटिएको छ भन्ने ती अधिकारीले खुलाएनन् । तत्कालीन माओवादी नेता ढुङ्गेल डिल्लीबजार कारागारमा जेल जिवन बिताइरहेका छन् । 
कारागार व्यवस्थापन विभागले देशभरबाट नियममा अटाउने सबै कैदीबन्दीको विवरण समेत मागेको छ । 

Royal Enfield Island Ad

कारागार नियमावलीअनुसार ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलन भएमा कैद मिनाह गर्न सक्ने व्यवस्था छ ।  जन्मकैदको सजाय पाएका कैदीको २० वर्षको ४० प्रतिशत सजाय ८ वर्ष हुन्छ । 
माओवादी नेता ढुङ्गेल यसअघि नै उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जेल परेका थिए । बीचमा थुनामुक्त भएर फेरि फरार रहेका उनी कात्तिक  १४ मा पक्राउ परेका थिए । यसअघिको समेत जोड्दा उनी वैशाखसम्ममा ८ वर्ष जेल बसेको देखिएको स्रोत बताउँछ । तर कार्यविधिमा हत्या अपराधमा माफी दिन नसक्ने व्यवस्था छ । 

यसअघि तत्कालीन एमालेले ढुङ्गेललाई कारबाही गर्नुपर्ने माग गर्दै आएको थियो । माओवादी र एमालेबीच पार्टी एकता भएपछि ढुङ्गेल सरकारको सिफारिसमा रिहा हुन लागेका हुन् ।  ढुंगेलमाथी २०५५ असार १० गते ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको आरोप लागेको थियो । जिल्ला अदालत ओखलढुंगाले २०६१ वैशाख २१ गते ढुंगेललाई जन्मकैदको फैसला गरेको थियो । त्यसपछि बालकृष्ण ढुंगेल जेल बसेका थिए । तर जिल्ला अदालतले गरेको फैसला पुनरावेदन अदालतले २०६३ सालमा उल्ट्याएपछि उनी जेलमुक्त भएका थिए । 
तर २०६६ पुस १९ मा सर्वोच्च अदालतले जिल्ला अदालतकै फैसला सदर गरेका थियो । 

यस्तो छ, सजाय माफी, मुलतवी, परिवर्तन वा कम गर्ने कार्यविधी २०७१

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५  ०८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro