site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं ।
महानगरीय ट्राफिक महाशाखाले ४ महिनामा २६ जना प्रहरीलाई निलम्वन गरेको छ । 
घूस खाएको अभियोगमा उनीहरुलाई निलम्वन गरिएको हो । महानगरीय ट्राफिक  प्रमुख डीआईजी प्रकाश अर्यालले २६ जना ट्राफिक निलम्वनमा परेको जानकारी दिए ।
उनले आफु ट्राफिक प्रहरी प्रमुख भइसकेपछि २६ जना प्रहरीलाई घूस खाएको अभियोगमा कारवाही गरेको जनाए । 
निलम्वन पर्नेमा कलंकीदेखि महाशाखाकै लाइसेन्स फाँटमा काम गर्नेसम्म छन् ।
“आचरण खराव भएका केही ट्राफिकलाई निलम्बन गरेका छौं,” महानगरीय ट्राफिक महाशाखा प्रमुख डीआईजी प्रकाश अर्यालले भने,“निलम्बनमा परेकाहरुको अनुसन्धान हुँदैछ, आर्थिक लोभमा फस्ने ट्राफिकलाई कारवाही हुन्छ ।” 
निलम्बनमा पर्ने ट्राफिक प्रहरीले ५ सयदेखि ५ हजारसम्म घुस खाएको अनुसन्धानबाट खुलेको छ । 
कारवाहीमा पर्ने अधिकांशले सवारी नियम मिच्ने चालकबाट सडकमै रकम लिएर छाडेको अवस्थामा निलम्बन गरिएको महाशाखाले जनाएको छ । 
आर्थिक आचरण खराव भएका ट्राफिलाई कारवाही गर्न महाशाखाले एक छुट्टै समुह बनाएर उपत्यकामा परिचालन गरेको छ ।
गोप्य रुपमा परिचालन गरिएको टोलीले उपत्यकाका सडक र चेकिङ हुने स्थानको निगरानी गर्ने गरेका छन् । 
संगठनको नीतिविरुद्ध काम गर्ने र आर्थिक लोभमा फस्ने जुनसुकै ट्राफिकलाई कारवाही गर्ने डीआईजी अर्यालले बताए । 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २३, २०७३  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro