site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुरक्षा संयन्त्र मोदीको सुरक्षामा केन्द्रित, ५ तहको सुरक्षा घेरा
SkywellSkywell

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही वैशाख २८ र २९ गते नेपालको भ्रमण गर्दैछन् । मोदीको सुरक्षाका लागि गृह मन्त्रालय तथा चारवटै सुरक्षा निकायले तयारी तीव्र पारेका छन् । गृहमन्त्री रामबहादुर थापाले सुरक्षा व्यवस्था बलियो बनाउन सुरक्षा निकायलाई निर्देशन दिइसकेका छन् । 

थापाले गएको साता जनकपुर पुगेर सुरक्षा व्यवस्थाको जानकारी लिनुका साथै आवश्यक निर्देशन पनि दिएका थिए । मोदी आउने दिन २८ गते प्रदेश नम्बर २ मा सार्वजनिक बिदा दिने निर्णय सरकारले गरिसकेको छ । 

जनकपुर हुँदै काठमाडौं आउने मोदीको सुरक्षाका लागि भ्रमण अवधिभर झण्डै १० हजार सुरक्षाकर्मी परिचालन हुने बताइएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७० अनुसार मोदीको सुरक्षा प्रबन्ध मिलाइएको बताए । सुरक्षामा यति नै संख्यामा सुरक्षाकर्मी परिचालन हुन्छन् भन्न भने नसकिने उनको भनाइ छ । “सुरक्षा संयन्त्र जतिबेला पनि स्टाण्डबाइ भएर बस्ने संगठन हो । कसको सुरक्षा कसरी गर्ने, समन्वय कसरी गर्ने, त्यो सुरक्षा कार्यविधिमा हुन्छ । गृहले त्यही कार्यविधिअनुसार कार्य गरिरहेको छ,” उनले भने । 

KFC Island Ad
NIC Asia

गृह मन्त्रालयले नरेन्द्र मोदी भारतबाट ‘इन्डियन एयर फोर्स’को हेलिकोप्टरमा आउने पुष्टि गरेको छ । मोदीलाई हवाई यात्राकै क्रममा दुईवटा हेलिकोप्टरले स्कर्टिङ गर्नेछन् । मोदीसँगै इन्डियन एयरफोर्सको २५ जनाको विशेष कमाण्डो टोली पनि भारतबाटै आउनेछ । 

मोदीलाई पाँच घेराको सुरक्षा
जनकपुर भ्रमणको सबै तयारी र सुरक्षाको बन्दोबस्त २ नम्बर प्रदेश सरकारले गरिरहेको छ । यसका लागि नेपाल प्रहरीका डीआईजी ठूले राई एक सातायता जनकपुरमै छन् । त्यहाँ प्रहरीकोे कमाण्ड राईले गर्नेछन् । मोदीलाई जनकपुरदेखि मुक्तिनाथ हुँदै काठमाडौंसम्म विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । 

Royal Enfield Island Ad

भारतीय सुरक्षाकर्मीसमेत गरेर मोदी पाँच सुरक्षा घेरामा रहनेछन् । मोदीको सुरक्षाका लागि भारतीय प्रहरीको विशेष टोली पनि नेपालमा आइसकेको छ । 

मोदीलाई नेपाल भ्रमणमा सुरक्षाका लागि सबैभन्दा भित्री घेरामा भारतीय सुरक्षाकर्मी नै खटिने बताइएको छ । भारतमा उच्च ओहोदाका व्यक्तित्वको सुरक्षा मामिला हेर्ने डीआईजीको नेतृत्वमा आएको सुरक्षाकर्मीको टिमले मोदीको भ्रमणका बेला अपनाइने सुरक्षा घेराको स्केच तयार पारेको बताइएको छ । नेपाल र भारतीय सुरक्षा अधिकारीको सल्लाहमा स्केच गोप्य राखिएको छ । 

मोदी पुग्ने जनकपुरस्थित रंगभूमि मैदान र जानकी मन्दिरमा पनि विशेष निगरानी बढाइएको छ ।  मोदीको दोस्रो सुरक्षा घेरामा नेपाली सेनाको विशेष टोली परिचालन हुनेछ । नेपाल अवतरण भइसकेपछि सादा पोसाकमा रहने नेपाली सेनाको टोलीले नै मोदीलाई स्कर्टिङ गर्नेछ । 

तेस्रो घेरामा नेपाली सेनासँगै नेपाल प्रहरीको विशेष टोली खटीनेछ । चौथो घेरामा सशस्त्र प्रहरी बलको टोली र पाँचौं घेरामा राष्ट्रिय अनुसन्धान विभागको टोली हुनेछ । 

मोदीको कार्गेडमा पनि नेपाल प्रहरी नै हुनेछ भने भ्रमण अवधिभर सडक क्लियर गर्ने जिम्मा नेपाल प्रहरीको हुनेछ । यसका लागि प्रहरीले तालिमप्राप्त कुकुरको समेत प्रयोग गर्नेछ । गृह मन्त्रालयका अनुसार भ्रमण अवधिमा सीमा क्षेत्रका नाकाहरु पूर्णरुपमा बन्द हुनेछन् । 

जनकपुरबाट काठमाडौं आएपछि मोदी मुक्तिनाथ भारतीय हेलिकप्टरमै जानेछन् या नेपाली सेनाको हेलिकोप्टरमा जान्छन् भन्ने यकिन भइसकेको छैन । 

उता, भारतीय प्रधानमन्त्री मोदीको आसन्न मुक्तिनाथ भ्रमणलाई लक्षित गरेर मुस्ताङमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । 

राससका अनुसार तिब्बती सीमामा रहेको नेचुङ र म्याग्दीसँगको सिमाना घाँसासम्ममा जाँचमा कडाइ गरिएको हो । मुस्ताङका होटल तथा लजमा बस्ने पाहुनाहरुको व्यक्तिगत विवरणसहितको अभिलेख पनि संकलन गरिएको छ । 

सुरक्षा निकायले दैनिक बैठक बसेर तयारीलाई तीव्रता दिइएको प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले बताए । वैशाख २८ गते मोदीले गर्ने मुक्तिनाथ भ्रमणका लागि तीन दिनसम्म अन्नपूर्ण चक्रिय पदमार्ग बन्द गर्ने विषयमा पनि छलफल चलेको छ । 

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसोम सडक तीन दिनका लागि खुल्ला गरिने भएको छ । हाल दैनिक आठ घण्टा सवारीसाधन रोकेर स्तरोन्नतिको काम भइरहेको छ । भारतीय प्रधानमन्त्रीको स्वागतका लागि जिल्ला समन्वय समितिका प्रमुख छिरिङल्हमो गुरुङको संयोजकत्वमा स्वागत समिति गठन गरिएको छ । 

हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मानिने मुक्तिनाथमा हुन लागेको उच्चस्तरीय धार्मिक भ्रमणले मुस्ताङवासीमा उत्साह छाएको र यहाँको धार्मिक पर्यटनको विकासमा मद्दत पुग्ने प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए । 

यसैबीच रक्षामन्त्री ईश्वर पोखरेलको टोलीले सुरक्षा अधिकारी र जनप्रतिनिधिसँग भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको तयारीबारे जानकारी लिएको थियो । 

सो अवसरमा उनले मुस्ताङस्थित कोरला नाका खुलाउन सरकारले उच्च प्राथमिकता दिएको बताए । जोमसोममा नेकपा एमालेका कार्यकर्तासँगको भेटघाटका क्रममा मन्त्री पोखरेलले पहुँचमार्ग निर्माण, सुरक्षा क्याम्प राख्नका लागि द्वैपक्षीय छलफल अघि बढेकाले अबको दुई तीन वर्षमा कोरला नाका सञ्चालनमा आउने बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०७५  १४:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro