अर्थ व्यवसाय
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको कारण देखाउँदै निगमले नेपालमा पनि पेट्रोलको मूल्य बढाएको हो ।
गएराति १२ बजेदेखि नै पेट्रोलमा २ रुपैयाँ, मटितेल र डिजेलमा ३/३ रुपैयाँ बढाएको नेपाल आयल निगमले जनाएको छ ।
पेट्रोलको मुल्य अब १०८ रुपैयाँ पुग्यो भने डिजेल र मटितेलको ९०/९० रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढेको छैन ।
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०७५ ०७:०५
प्रतिक्रिया दिनुहोस्