site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
बीएस्सीपछि ‘अप्लाइड साइन्स’को अपरिहार्यता

“प्लस टु पास भएछस्, अब के पढ्ने विचार छ बाबु?”
“बीएस्सी साइन्स, त्रीचन्द्रमा भर्ना भइसकेँ अंकल”

त्यसपछि अंकलको प्रतिक्रियामा नकारात्मक टिप्पणीका रूपमा आयो । अहिले बीएस्सी पढ्नेहरूप्रति धेरैको धारणा यसभन्दा फरक भेटिँदेन ।  प्रायः अब्बल मानिने धेरै प्रतिशत ल्याएर उत्तीर्ण हुने विद्यार्थीले अध्ययन गर्ने विषय मानिन्छ विज्ञान । नेपालमा विज्ञान शिक्षणको इतिहास लामै छ।

विशेषतः आईएस्सी वा प्लस टु सकेपछि पहिलो रोजाइ इन्जिनियरिङ र मेडिसिन । त्यसपछिको विकल्प बीएस्सी साइन्स । हजारौं विद्यार्थी विज्ञान अध्ययन गरिरहेका छन् त्रिविका आङ्गिक क्याम्पसहरूमा । बीएस्सी पहिले तीन वर्षमा सकिन्थ्यो। उही कोर्ष विश्वव्यापि मान्यताका लागि चार वर्षे बनाइयो । यसले विद्यार्थीलाई विदेशका विश्वविद्यालयमा उच्च शीक्षा हासील गर्न सहज नै बनायो ।

KFC Island Ad
NIC Asia

पाठ्यक्रम समयानुकूल परिवर्तनका नाममा पहिलो वर्षमा भएको पाठलाई चौथो वर्षमा लगियो, चौथोमा भएकालाई पहिलोमा ल्याइयो । यस्तै यस्तै हेरफेर धेरै भयो । सरकारी कलेजहरूमा धेरै त बिदा नै हुन्छ । त्यसमा पनी विभिन्न विद्यार्थी संगठनका कार्यक्रम ! यस्तो परिस्थितिमा पनि क्षमतावान विद्यार्थी तयार हुनु गौरवको विषय हो । विदेशका चर्चित विश्वविद्यालयमा अध्ययन अनुसन्धान गरिरहेका नेपाली विद्यार्थीहरूको रेकर्ड यसको उदाहरण हो । यसो हुनुको एउटा मुख्य कारण विदेशका चर्चीत विश्वविद्यालयका पाठ्यक्रम र नेपालको पाठ्यक्रममा खासै भिन्नता नहुनु नै हो ।

नेपालका प्रायः सबै कलेजमा बीएस्सी फिजिक्स, केमेस्ट्री, इनभाइरोमेन्ट साइन्स, जुलोजी, बोटनी, माइक्रोबायोलोजी, जियोलोजी, स्ट्याट आदि विषयको पढाइ हुन्छ। बीएस्सी सकेपछि ती विद्यार्थीले के गर्छन् ? त्यसपछि कुन विषयमा उच्च शिक्षा हासील गर्ने? सबैको एउटै जबाफ हुन्छ नेपालमै बस्नेहरूले बीएस्सी जुन विषयमा गरेका छन् त्यसैमा एमएस्सी गर्छन् । अनि निजी विद्यालयमा पढाउन थाल्छन् । 

Royal Enfield Island Ad

विज्ञान र प्रविधिका धेरै विषय एकअर्कासँग सम्बन्धित छन् । धेरैमा पढ्नु पर्ने पाठ पनि मान हुन्छ तर शिक्षण प्रकिया भने केही फरक । बीएस्सी साइन्स एकदमै शुद्ध कतै पनी लागु नभएको सैद्धान्तिक ज्ञान भएको पाठ्यक्रम मानिन्छ। र अन्य क्षेत्रमा त्यही सैद्धान्तिक ज्ञान लागु भएको पाइन्छ । प्रायः सबै विकसित मुलुकमा साथै हाम्रै छीमेकी भारतमा समेत लागु भएको बीएस्सी साइन्सपछि ‘एप्लाइड साइन्स‘ अध्ययन गर्न मिल्ने शिक्षा पद्धति नेपालमा भने अझै लागु भएको छैन। आईएस्सी र प्लस टु सक्ने बित्तिकै व्यावहारिक विज्ञान (अप्लाइड साइन्स) रोजिहाल्नु पर्ने बाध्यता छ । त्यसकारण बीएस्सी पढिसकेका विद्यार्थी अन्य अप्लाइड विषय अध्ययन गर्नकै लागि विदेसिनुपर्ने बाध्यता छ । 

पछिल्लो समयमा नेपालमा अप्लाइड साइन्सकै रूपमा त्रिचन्द्र कलेजमा एमएससी इन् इन्जिनियिरिङ जियोलोजि पढाइ हुनथालेको छ। स्नातकोत्तर तहमा इन्जिनियरिङ गर्न पाउने भएकै कारण होला बीएस्सी साइन्समा जियोलोजी रोज्ने विद्यार्थीको संख्या वर्षैपिच्छे बढिरहेको छ । यसरी नै अन्य इन्जिनियिरिङ संकायका विषयमा पनि पढाइ हुने हो भने बीई गर्न मन नभएका तर इन्जिनियर बन्ने सपना भएका विद्यार्थीलाई टेवा मिल्नेथियो। उदाहरणका लागि नेपालका सबै सरकारी कलेजमा वार्षिक दस हजार तिरे बीएस्सी फिजिक्स अध्ययन गर्न पुग्छ । त्यसपछि इन्जिनियरिङ गर्न पाउने हो भने इन्जिनियिरिङ स्नातक तह पढ्दा लाग्ने आठदेखि पन्ध्र लाख बच्नेछ।

त्यस्तै नेपालमा निजी डेन्टल कलेजहरूको शुल्क सरकारले उन्नाइस लाख तोके पनि पच्चीस लाखभन्दा तलमा कुनै कलेजले पनि पढाउँदैनन् । त्यस्तै चालीस –चास लाख घटीमा एमबीबीएस पढाइ हुँदैन । डा.गोबिन्द केसीले शुल्क र कोटा साथै चिकित्साशास्त्र सुधारका लागि धेरै अनशन बस्नुभयो । तर, उहाँले विभिन्न विकसित देशमा प्रचलित चिकित्सा शिक्षा बारे बोल्नु भएन, छुटाउनु भयो कि ? प्रायः सबै देशहरूका चिकित्सा पाठ्यक्रममा तेस्रो र चौथो वर्षपछि मात्र सर्जरी सुरू हुन्छ । त्यस अघिका दुई वर्ष बेसिक साइन्स नै पढाइ हुन्छ । बीएस्सी साइन्सका बायोलोजी समूहका विद्यार्थीहरूले पनि त्यो पढ्छन् । दुई वर्ष यता बीएस्सीमा बेसिक साइन्स पढेर मेडिकल कलेजमा अध्ययन गर्न मील्ने व्यवस्था मिलाउन सके चिकित्साशास्त्र अहिले जति महँगो पक्कै हुँदैन । साथै प्रवेश परीक्षा पास गर्नकै लागि विद्यार्थीले एकदुई वर्ष खर्च पनि गर्नुपर्ने छैन ।

हरेक वर्ष बीएस्सी प्रथम वर्षमा अध्ययन गर्न आउने विद्यार्थीको एकदमै चाप हुन्छ सबै सरकारी कलेजहरूमा । दोस्रो र तेस्रो वर्षमा पुग्दा विद्यार्थीको संख्या आधा घट्छ । किन ? कीनभने बीएस्सीमा भर्ना भए पनि विद्यार्थीको इच्छा अन्य विषयमा केन्द्रित हुन्छ । मूलतः ब्याचलर सकिनासाथ जागिर पाइने विषयप्रति । त्यसैका लागि विद्यार्थी विभिन्न शैक्षिक संस्था धाउँछन् इन्ट्रान्स प्रिपेरेसनको लागि । यसबाट पैसा र समयको नोक्सानीमात्रै भइरहेको छ विद्यार्थीको । इन्जिनियरिङ, फार्मेसी, कृषि, आईटी, डेन्टल, एमबीबीएस, नर्सिङ आदिमा नाम निकाल्नकै लागि करिब सत्तरी प्रतिशत विद्यार्थीले कम्तीमा एक वर्ष खर्च गरेकै हुन्छन् ।

बीएस्सी साइन्सपछि यी विषय पढ्न नमिल्ने हैन मिल्छ । तर, नेपालको संन्दर्भमा आकाशको फल आँखा तरी मर भनेकोजस्तै छ। न त बीएस्सीपछि अप्लाइड साइन्स अध्ययन हुँदा शैक्षिक गुणस्तर बिग्रने नै हो । नेपालमा पनी ब्याचलरपछि अप्लाइड साइन्स अध्ययनको व्यवस्था भए प्लसटु सक्ने विद्यार्थीलाई निराशा हँुदैनथ्यो होला । अभिभावकलाई पनि आर्थिक समस्या पर्ने थिएन । 

समस्या कहाँ छ त? 
 

नेपालमा शैक्षिक माफियाको बिगबिगी छ। विभिन्न संकायहरूका मुख्य निकायमा नै तिनको हालीमुहाली छ। इन्स्टिच्युसन अफ साइन्स एन्ड टेक्नोलोजीको काम हामी सबैले देख्दैआएकै हो । परीक्षा तालिका नीकाल्नु र परीक्षाफल प्रकाशन गर्नुमा नै यो अल्झिरहेको छ । अझ रोचक त के छ भने बीएस्सी साइन्सको हरेक वर्ष प्रवेश परीक्षा हुन्छ र त्यसमा कोही पनी असफल हँुदैनन् । कोही फेल नै हुँदैनन् भने परिक्षा लिनुको औचित्य के ? पैसा कमाउन ? त्यस्तै एमएस्सीको नयाँ विद्यार्थी भर्नामा देखिएको अनियमिततामा कहीलेसम्म चुप लागेर बस्ने हो? 

त्यस्तै इन्जिनियिरिङ संस्थानमा देखिएको शैक्षिक माफियाको दबदबा । बीई पवेश परीक्षामा पचास प्रतिशत ल्याएमात्रै पास हुने मापदण्डलाई पँैतीसमा झारिएको छ । कारण नेपालमा निजी इन्जिनियरिङ कलेज धेरै र विद्यार्थी कम हुनु नै हो । यस्तो अवस्थामा बीएस्सी फिजिक्स पढेका विद्यार्थीलाई एमएस्सी इन्जिनियरिङको बाटो खुलाउन माफियाले पक्कै दिनेछैनन् । कारण त्यसो गर्दा बीई पढाउने कलेजहरूमा भएको लगानी पक्कै डुब्नेछ । त्यसरी नै बेसिक साइन्स बीएस्सीमा पढ्ने विद्यार्थीलाई निजी मेडिकल कलेजहरूले पहिले नै बाटो थुनिदिनेछन् । यस्तै हालत हुनेछ अन्य संकायमा पनि ।

समाधान
 

शैक्षिक क्षेत्रमा देखिएको सीन्डीकेट हटाउन पनि मुख्य भूमिका सरकारको नै हुनुपर्छ । तर सरकार चलाउने राजनीतिक दलका नेताहरू आफँै शैक्षिक माफिया छन् ! विद्यार्थीको हकहितका लागि तत्पर छौं भन्ने विद्यार्थी संगठनको भूमिका हुनसक्ला त ? यी पनि माफियाकै झोला बोकर प्रसाद पाउने आशामा हुन्छन् ।

जेहोस् ! बिएस्सीपछि व्यावहारिक विज्ञानका विभिन्न विधामा एमएस्सीको पढाइ शैक्षिक बेरोजगारी नबढाउन र प्रविधिक शिक्षा सर्वसुलभ बनाउन अपरिहार्य उपाय देखिन्छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  ११:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro