site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिभुवन विमानस्थल २१ घण्टा चलाउन यस्ता छन् चुनौती

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठको पहिलो साताबाट दैनिक २१ घण्टा सञ्चालामा ल्याउने तयारी भैरहेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले निर्देशन दिएलगत्तै विमानस्थल कार्यालयले विमानस्थल २१ घण्टा सञ्चालन गर्ने तयारी सुरु गरेको हो । 

“हामीले मन्त्रालय, सुरक्षा निकाय तथा आयल निगमसँग पटक पटक यस विषयमा छलफल गरिसकेका छौं । उहाँहरु हाम्रो प्रस्तावमा सकारात्मक हुनुहुन्छ,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने, “सबैको सहयोग भएपछि हामी हाम्रो उद्देश्य पूरा गर्न सफल हुनेछौं । जेठको पहिलो साता विमानस्थलले २१ घण्टा सेवा सुचारु गर्नेबारे जानकारी दिनेछौं ।”

के छन् चुनौती ?
महाप्रबन्धक क्षेत्रीका अनुसार विमानस्थल कार्यालयलाई २१ घण्टा सेवा दिन मुख्य चुनौती जनशक्तिको जोहो हो । विमानस्थल कार्यालय आफ्नै तथा गृह, अर्थ, अध्यागमन र आयल निगम यसका लागि तयार हुनुपर्छ । “यसबारे हामीले मन्त्रीज्यूलाई भनिसकेका छौं, उहाँले आवश्यक निकायका पदाधिकारीसँग आफैं कुरा गर्छु भन्नुभएको छ र पटक–पटक हाम्रो पनि कुरा हुँदा उहाँहरु सकारात्मक हुनुहुन्छ,” महाप्रवन्धक क्षेत्री भन्छन्, “हामीलाई अहिलेको मुख्य चुनौती भनेको जनशक्तिको व्यवस्थापन नै हो । आवश्यक जनशक्ति उपलब्ध भए हामी विमानस्थलबाट २१ घण्टा सेवा दिन सक्छौं ।”

अहिले १८ घण्टा सञ्चालन हुँदै आएको विमानस्थल २१ घण्टा सञ्चालन गर्दा बिहान ३ बजेसम्म सुचारु गर्नुपर्नेछ । “बिहान ३ बजेसम्म काम गरेको कर्मचारीलाई हामी फेरि ६ बजे बोलाउन सक्तैनौं, त्यसैले केही जनशक्ति हामी आफैले पनि थप गर्नुपर्नेछ, कति जनशक्ति थप गर्नुपर्छ, यसमा हामीले तयारी गरिरहेका छौं,” उनले भने । 

किन समय बढाइएन यसअघि ?
मन्त्रीको निर्देशनपछि रातारात सञ्चालन अवधि बढाउन लागेको विमानस्थलले यसअघि किन १८ घण्टामात्रै सञ्चालन गर्यो भन्ने जिज्ञासामा विमानस्थल एयर ट्राफिकको ‘भोल्युम’ नपुगेकाले नै यसअगाडि समय नबढाइएको बताउँछ । 

“विगत ७ महिनादेखि ट्राफिक अत्यधिक रुपमा बढेको छ र हामी प्राविधिक रुपमा सबल हुँदै गएका छौं । केही समय अगाडि रेडार जोड्यौं । नयाँ टेक्नोलोजी भित्र्याइरहेका छौं । एक्स–रे पहिला एउटा थियो, त्यो बढेको छ,” महाप्रबन्धक क्षेत्री भन्छन्, “इमिग्रेन काउन्टर बढ्दै गएका छन् । क्रमिक रुपमा सुधार हुँदै गएको अवस्था र मन्त्रीज्यूको निर्देशन तथा सहयोगका कारण पनि अहिले २१ घण्टा सेवा दिन लागेका हौं ।”

एउटै रनवे बाधक होइन 
उडान तथा अवतरणका लागि रनवे एउटै भए पनि २१ घण्टा सेवा दिन सकिने विमानस्थलको दाबी छ । विकास हुँदै गएका नयाँ प्रविधि र त्यसको प्रयोगका कारण यो सम्भव भएको विमानस्थल कार्यालय बताउँछ । 

“रनवे मर्मत गरेपछि सुक्न कम्तिमा तीन–चार घण्टा लाग्थ्यो तर अहिले आएको नयाँ प्रविधिअनुसार आधा घण्टामै सुकाउन सकिने प्रविधि आइसकेको छ,” महाप्रबन्धक क्षेत्री भन्छन्, “यो प्रविधिका लागि हामी छिट्टै टेन्डर आह्वान पनि गर्दैछौं । आधा घण्टामै रनवेमा गरिएको पिच सुक्ने भएपछि विमानस्थललाई चाहे जति समय चलाउन सकिन्छ ।”

२४ सै घण्टा सेवाको पनि तयारी
‘रिहाब’ नामक प्रोजेक्टमार्फत् विमानस्थलले करिब दुई वर्ष अगाडिदेखि नै विमानस्थल कार्यालयले २४ घण्टा विमास्थल सुचारु गर्नका लागि तयारी गरिरहेको थियो । महाप्रबन्धक क्षेत्रीका अनुसार यसका लागि टेन्डर आह्वान गरेर कम्सल्टेन्टसमेत छनोट गरिसकिएको छ । 

“यो वर्षापछि हामी त्यो कामलाई पनि अगाडि बढाउँछौं । ७–८ महिनामा रनवेको काम सकियो भने हामी २४ घण्टा पनि विमानस्थल चलाउन सक्छौं,” उनले भने । क्षेत्रीका अनुसार ६ देखि ८ इन्च खनेर रनवेमा नयाँ लेयर हालिनेछ र २४ घण्टा सञ्चालनका लागि तयार गरिनेछ । रनवे २४ घण्टा सेवा दिन तयार भएपनि कर्मचारीको भने अभाव यथावत् रहनेछ । “एउटै रनवे भएका विमानस्थलले पनि थुप्रै ठाउँमा २४ घण्टा सेवा दिइरहेका छन् । मुम्बई र कोलम्बो विमानस्थलको रनवे सिंगल भएपनि ती विमानस्थलले २४ घण्टा सेवा दिन्छन्,” महाप्रबन्धक क्षेत्रीले भने । 

दुई हप्ताअगाडि सयदिने कार्ययोजना सार्वजनिक गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले एक सय दिनभित्र दैनिक १८ घण्टा सञ्चालन हुँदै आएको विमानस्थलको सेवाअवधि २१ घण्टा पुर्याउने घोषणा गरेका थिए ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०७४  १४:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro